कला

टोकियोमा नोमिनेसन, न्युयोर्कमा अवार्ड

इकागज |
मंसिर २९, २०७७ सोमबार १२:५ बजे

काठमाडौं:  जापानको टोकियोमा दुई संस्करण अवार्ड आयोजना गरेको ‘सूर्य इन्टरनेसनल अवार्ड’ अब अमेरिकाको न्युयोर्कमा बाँडिने भएको छ । आयोजक संस्था सूर्य कर्पोरेसन प्रबन्ध निर्देशक वासुदेव लामिछानेले तेस्रो संस्करणको मनोनयन टोकियोमा गरिने र अवार्ड वितरण न्युयोर्कमा गरिने जानकारी गराएका छन् । अवार्डको चाँजोपाँजो मिलाउन हाल अमेरिकामा नै रहेका उनले काठमाडौंमा औपचारिक कार्यक्रम गरी  थप जानकारी दिने बताए । 

कर्पोरेसनले २०१५ देखि ‘साकुरा नाइट’ नामक स्वदेश तथा विदेशमा म्युजिकल कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रमबाट भएको मुनाफाको केही अंश समाजसेवामा लगाउंँदै आएको कर्पोरेसनले विशेष गरी जापान तथा नेपालमा कार्यक्रम गर्ने गरेको छ । सूर्य कर्पोरेसनले विदेशमा नेपाली चलचित्रको पनि वितरण गर्ने गरेको छ  नेपालको निकै चलेको ब्यानर ‘छक्का पन्जा’’ टिमको जापान राईट्स पनि यसै कर्पोरेसनले लिएको थियो । केहि समय अगाड़ी भुवन केसी र अनमोल केसीसंग काजल फिल्म्सको अब बन्ने चलचित्रको बिश्वभरको लागि इन्टरनेसनल राइट्स लिइसकेको छ । 


विदेशमा नेपाली फिल्म प्रदर्शन र गर्दै आएका लामिछानेले सन् २०१८ बाट सुरुवात गरेको यो अवार्डलाई डायस्पोरामा हुने ठूलो अवार्ड मध्ये एक मानिन्छ । नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सूर्य कर्पोरेसनका अध्यक्ष लामिछानेले कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्मनगरीलाई यसले थोरै भएपनि टेवा दिलाउने विश्वास लिएको बताए ।  

अवार्ड समारोहमा वर्षभरि सार्वजनिक भएका फिल्म र संगीतका कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिँदै आएको छ । समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिँदै आएको छ । 
 


Author

थप समाचार
x