कला

अर्जुन र किरणको जुगलबन्दीमा डुब्दै पुष्प र श्रेया

इकागज |
असोज ३, २०७८ आइतबार ११:५५ बजे

काठमाडौँ -  ‘भ्वाइस अफ नेपाल ३’को विजेता बनेसँगै अमेरिका हान्निएका किरण गजमेरले बीचमा केही गीत रेकर्ड गराएका थिए । उनी देश नरहे पनि उनले गाएका गीत भने धमाधम सार्वजनिक भइरहेका छन् ।

यही क्रममा शुक्रबार उनले गाएको नयाँ गीत ‘म त डुब्दै गएँ’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतले उनका थुप्रै गीत झैं मायाको भाव बोल्छ । ‘नबोली नबोली’बाट मेलोडियस गीतका शिल्पीको रुपमा आफूलाई प्रमाणित गरेका पोखरेलले यो गीतमा पनि उस्तै धुन पस्केका छन् ।


उनको यो संगीतलाई पहिलो पल्ट भिडियोले पनि आत्मसात गरेको छ । भिडियोको निर्देशन गरेका छन् रामजी लामिछानेले । नृत्यपरक गीतमा आफ्नौ कौशल देखाउँदै आएका रामजी लामिछानेले भिडियोमा गीतको भावलाई राम्ररी प्रस्तुत गरेका छन् ।

भिडियोमा पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ । भिडियोले एउटा सेलिब्रटी र साधारण युवतीको प्रेम यात्रालाई वर्णन गरेको छ । भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् भने बन्दे प्रसादको सम्पादन । भिडियोमा किरणलाई ममता गुरुङले स्वरमा साथ दिएकी छिन् । भिडियो दि डिभाइन म्युजिकको च्यानलबाट सार्वजनिक भएको हो । 

 


Author

थप समाचार
x