सारेगमप लिटिल च्याम्प्स नेपालको प्रथम संस्करण : ग्यालेक्सी फोर के र प्रायोजकहरूबीच हस्ताक्षर
काठमाडौँ- 'सारेगमप लिटिल च्याम्प्स नेपाल'को प्रथम संस्करणका लागि गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी 4K) र प्रायोजकहरूबीच प्रायोजनसम्बन्धी हस्ताक्षर भएको छ ।
नेपालमै पहिलोपटक हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सिङ्गगिङ्ग रियालिटी सो 'सारेगमप लिटिल च्याम्प्स नेपाल’ अब दर्शकहरुले ग्यालेक्सी 4K मा छिट्टै हेर्न पाउनेछन् ।
कार्यक्रमको मुख्य प्रायोजकका रुपमा रियल जुस रहेको छ ।यस पश्चात रियल जुस प्रेजेन्ट्स 'सारेगमप लिटिल च्याम्प्स नेपाल’रहनेछ ।
कार्यक्रमको सहप्रायोजक सिद्धार्थ बैंक रहेको छ । यस्तै एसोसियट स्पोन्सरको रुपमा इको प्यानल नेपाल, एलआईसी नेपाल, जोय ब्युटिफुल बाइ नेचर, यती कार्पेट, महालक्ष्मी पेन्टस् र पर्ल राइस छन् ।
साथै, भोटिङ पार्टनरका रुपमा म्युजिक नेपालको Momo app आबद्ध रहेको छ । बजार प्रवद्र्धनको जिम्मेवारी टेलिजेन्ज प्रालिले लिएको छ ।
Nobody Produation ले उत्पादन गर्ने 'सारेगमप लिटिल च्याम्प्स नेपाल' कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गर्नेछन् ।
यस्तै सारेगमप लिटिल च्याम्प्स् इण्डियाका पूर्वउपविजेता प्रीतम आचार्य र चौथो रनर अप आयुस केसी पनि कार्यक्रम अवधिभर रोलमोडलको भूमिकामा दर्शकलाई मनोरञ्जन दिनेछन् ।
विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, निशा देशार, धर्मेन्द्र शेवान, टीका प्रसाई, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली, हर्क साउद र प्राश्ना शाक्य रियालिटी सोको अर्को मुख्य आकर्षण रहेका छन् ।
कार्यक्रममा देश तथा विदेशबाट विभिन्न बाल प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नेछन् । यो सिङ्गगिङ्ग रियालिटी सो साताको दुई दिन हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोर के र DOKO Youtube Channel बाट प्रसारण हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया