एम्मीमा ‘ दि क्राउन’को वर्चस्व, केट विन्स्लेट उत्कृष्ट अभिनेत्री
लसएन्जल्स - आइतबार रात सम्पन्न एम्मी अवार्डको ७३ औं संस्करणमा ‘ दि क्राउन’ ले सर्वाधिक ७ अवार्ड जितेको छ । मुख्य मुख्य विधा सबैमा गरी ११ विधामा मनोनयनमा परेको नेटफ्लिक्स सिरिजले ७ विधामा अवार्ड जितेको हो ।
सिरिजले आउट स्ट्यान्डिङ ड्रामा सिरिजसँगै निर्देशन, लेखन र अभिनय विधाका ४ अवार्ड जितेको थियो । अभिनयतर्फ टोबियाज मेन्जिज, ओलिभिया कोलमेन, जोस ओ कोनर र गिलियन एन्डरसनले अवार्ड जितेका थिए ।
‘ दि क्राउन’लाई पछ्याउँदै एप्पल सिरिज ‘टेड लासो’ले ४ अवार्ड जित्यो । १३ विधामा मनोनयनमा परेको फिल्मले आउट स्ट्यान्डिङ कमेडी सिरिजसँगै अभिनयतर्फका ३ विधामा अवार्ड जितेको थियो ।
अभिनयतर्फ नै केट विन्स्लेटले एम्मीको ट्रफी उचालिइन् । उनले ‘मरे अफ इस्ट टाउन’ फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । गत साल भर्चुअल रुपमा सम्पन्न एम्मीको नयाँ संस्करण भने दर्शक तथा फिल्मकर्मीको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको थियो ।
विजेताको सूचीमा नेटफ्लिक्स र एचबीओ म्याक्सबीच प्रतिस्पर्धा रहेको थियो । समारोहमा नेटफ्लिक्समा सार्वजनिक भएका १० सिरिजले अवार्ड जितेका थिए भने एचबीओ म्याक्समा प्रसारण भएका ९ फिल्म तथा सिरिजले अवार्ड जितेका थिए ।
विजेताको सूची यसप्रकार रहेको छ
Limited series
WINNER: “The Queen’s Gambit”
Drama series
WINNER: “The Crown”
Comedy series
WINNER: “Ted Lasso”
Variety special (prerecorded)
WINNER: “Hamilton”
Variety special (Live)
WINNER: “Stephen Colbert’s Election Night 2020: Democracy’s Last Stand Building Back America Great Again Better 2020"
Lead actor, drama
WINNER: Josh O’Connor, “The Crown”
WINNER: Olivia Colman, “The Crown”
Lead actor, limited series/TV movie
WINNER: Ewan McGregor, “Halston”
Lead actress, limited series/TV movie
WINNER: Kate Winslet, “Mare of Easttown”
Writing for a Limited Series, Movie or Drama Special
WINNER: Michaela Coel, “I May Destroy You”
Directing for a Limited Series
WINNER: Scott Frank, “The Queen’s Gambit”
Competition series
WINNER: “RuPaul’s Drag Race”
Lead actor, comedy
WINNER: Jason Sudeikis, “Ted Lasso”
Lead actress, comedy
WINNER: Jean Smart, “Hacks”
Directing for a comedy series
WINNER: Lucia Aniello, “Hacks” (“There Is No Line (Pilot)”)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया