समीक्षकको नजरमा २०२० का उत्कृष्ट १० फिल्म
'नेभर रेअर्ली समटाइम्स अलवेज'को एक दृश्यमा सिड्नी फ्लानिगन
विश्वभरका समीक्षकले दिएको भोटको आधारमा क्लोइ झाओ निर्देशित फिल्म ‘नोमाडल्यान्ड’ स्न २०२० को उत्कृष्ट फिल्म घोषित भएको छ । अनलाइन पत्रिका इन्डी वायरले विश्वभरका समीक्षकलाई वर्षका उत्कृष्ट फिल्म छान्न गरेको आग्रहमा समीक्षकले ‘नोमाडल्यान्ड’लाई उत्कृष्ट मानेका हुन् । वायरले फिल्मसँगै उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट विदेशी फिल्म आदि विधामा पनि समीक्षकको मत लिएको थियो ।
इन्डीवायरले भेराइटी, दि हलिउड रिपोर्टरसँगै विश्वका विभिन्न कुनामा रहेर समीक्षा गर्ने २३१ समीक्षकको मतको आधारमा उत्कृष्ट १० को छनोट गरेको जनाएको छ । वायरले समीक्षकबीच ‘नोमाडल्यान्ड’ र ‘नेभर रेयल्र्ली समटाइम्स अलवेज’ पहिलो स्थानका लागि कडा प्रतिस्पर्धा रहेको तर थोरै भोट अन्तरमा ‘नोमाडल्यान्ड’ले बाजी मारेको पनि जनाएको छ ।
उत्कृष्ट फिल्मको सूचीमा समीक्षकले ‘नोमाडल्यान्ड’लाई ८१ र ‘नेभर रेयल्र्ली समटाइम्स अलवेज’लाई ८४ मत दिएका थिए । तर, १ देखि १० सम्मका उत्कृष्ट फिल्मको सूचीमा ‘नोमाडल्यान्ड’ले २४ र ‘नेभर रेयल्र्ली समटाइम्स अलवेज’ले १६ मत प्राप्त गरेको वायरले जनाएको छ । समीक्षकले नर्थ अमेरिकामा रिलिज भएका वा भिडियो अन डिमान्डमा रिलिज भएका फिल्मलाई मात्र भोट दिन पाउने व्यवस्था थियो । अस्करमा कडा दाबेदारी प्रस्तुत गर्ने भनिएको डेभिड फिन्चरको ‘मंक’ भने उत्कृष्ट फिल्मको सूचीमा अटाएको छैन ।
तर, डेभिड फिन्चरले निर्देशकको सूचीमा भने स्थान पक्का गरेका छन् । यो साल अस्करमा ‘नोम्याडल्यान्ड’ ‘मंक’‘मिनारी’, ‘ट्रायल अफ दि सिकागो ७’, ‘वन नाइट इन मियामी’ आदि फिल्मबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । वायरले गरेको सर्भेमा पहिलो पल्ट महिलाले बनाएको फिल्मले पहिलो स्थान ओगटन सफल भएको हो । यति मात्र होइन, यो लिस्टमा उत्कृष्ट तीन फिल्म महिलानै निर्देशन गरेका हुन् । नोमाडल्यान्ड’लाई ८१ र ‘नेभर रेयल्र्ली समटाइम्स अलवेज’सँगै उत्कृष्ट १० फिल्मभित्र अटाउन सफल ‘फस्ट काउ’ पनि महिला नै निर्देशन गरेकी हुन् । समीक्षकले छानेका फिल्म र निर्देशकको सूची यस प्रकार रहेको छ ।
उत्कृष्ट १० फिल्म
१. नोम्याडल्यान्ड
२. नेभर रेअर्ली समटाइम्स अलवेज
३.फस्ट काउ
४. लभर्स रक
५. आइएम थिंकिङ इन्डिङ थिंग्स’
६. बिनपोल
७ टाइम
८ दा ५ ब्लडस्
९ मार्टिन इडन
१० बाकुराउ
उत्कृष्ट १० निर्देशक
१. क्लोइ झाओ – नोम्याडल्यान्ड
२ स्टिभ म्याक्विन – लभर्स रक
३. एलिजा हिटम्यान– नेभर रेअर्ली समटाइम्स अलवेज
४. केली रेचार्ट– फस्ट काउ
५. डेभिड फिन्चर– मंक
६ स्पाइक ली – दा ५ ब्लडस्
७ चार्ली कौउफमेन– आइ एम थिंकिङ अफ इन्डिङ थिंग्स
८ पिइट्रो मार्सेलो –मार्टिन इडन
९ कान्टेमिर बेलेगोभ– बिनपोल
१० लि इज्याक चुङ – मिनारी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया