युरोपमा खिचिएको ‘माया बस्छ कि के हो’ को फस्टलुक
काठमाडाै : प्रेम कथानक फिल्म ‘माया बस्छ कि के हो’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको राजधानीमा मंगलबार आयोजित प्रेसमिटमा फस्र्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो । नव अभिनेता सोनाल तामाङ र नव अभिनेत्री कस्मता निरौला प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टरमा उनीहरुकै प्रेमिल मुद्रा समेटिएको छ ।
शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् । हल खुलेपछि प्रदर्शन मिति तय गरिने फिल्मको एसोसिएट डिरेक्टरमा आशुतोष अधिकारी र मुख्य सहायक निर्देशक दीपक अधिकारी हुन् । कार्यक्रममा निर्देशक अधिकारीले आफूहरू गुणस्तरीय फिल्म निर्माणको पक्षमा रहेको बताउँदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दाबी गरे ।
उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम,स्वीजरल्यान्ड, र नेदरल्यान्डका विभिन्न स्थानमा खिचिएको जानकारी दिए । त्यसैगरी, प्रस्तुतकर्ता शरदले विशेषत युवा पुस्तालाई लक्षित गरिएको भए तापनि ‘माया बस्छ कि के हो’ ले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए । डेब्यु अभिनेता सोनालले आफूले भरपुर मिहिनेत गरेको बताउँदै यो फिल्मले आफूलाई अभिनेताका रुपमा स्थापित गराउने विश्वास व्यक्त गरे । अभिनेत्री कस्मताले पनि ‘माया बस्छ कि के हो’ बाट आफूले अभिनेत्रीका रुपमा माया पाउने आशा ब्यक्त गरिन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उनले सरकारले छिट्टै नै हल खुलाउने तयारी गरिरहेको जानकारी दिँदै फिल्म र टिमलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेती, महासचिव जनकदीप पराजुलीलगायतले पनि फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रेसमिटमा प्रदर्शन गरिएको ‘माया बस्छ कि के हो..’ बोलको शीर्ष गीत शुक्रबार साइराम पिक्चर्सको युट्यवमार्फत सार्वजनिक हुने जानकारी दिइएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको सो गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
गीत बेल्जियम, स्वीजरल्यान्ड र नेदरल्यान्डका विभिन्न स्थानमा रबिन्द्र बरालले खिचेका हुन । बिपिन मल्लले सम्पादन गरेको फिल्ममा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा,नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया