कला

रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’को टिजर सार्वजनिक

इकागज |
असोज १४, २०७८ बिहीबार ९:२७ बजे

काठमाडौ - विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने ःविद्रोहको नेपाली नाम को टिजर सार्वजनिक भएको छ । निमार्ण युनिटले  बुधबार  ओएसआर डिजिटल मार्फत टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने  गरी काम अगाडि बढिरहेको जनाएको छ । 

फिल्म रुपचन्द्र विष्टको  जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । ‘रुदाने’ अमित किशोर सुवेदी  र विकास ढकालले संयुक्त  अनुसन्धान,लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले  निर्माण गरेको फिल्मका  प्रमुख कार्यकारी  निमार्ता जागृत रायमाझी हुन् भने सह निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल  र सहदेब प्रसाद सापकोटा रहेका छन् ।  


फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्य देवले अभिनय गरेका छन् । त्यसै गरी चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी ,सुभाष गजुरेल, अम्बर सुवेदी ,सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परीक्षित बिक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल  , आइ. पि आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । 

लेखक तथा निर्देशकद्वयले बर्सौ सम्म रुचपन्द्र विष्टमाथि  गहिरो अध्ययन अनुसन्धान गरि रुदाने ःविद्रोहको नेपाली नाम तयार पारेको निमार्ण पक्षले जनाएको छ । फिल्ममार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता चिन्दै नचिनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको बताइएको छ । 

 


Author

थप समाचार
x