कला

हिन्दीमा पनि जम्दै पूजा

इकागज |
पुस १, २०७७ बुधबार १२:२४ बजे

मुम्बई : फ्लप फिल्मबाट करिअर सुरु गरे पनि पूजा हेगडे आजभोलि सुपरहिट छिन् । हिन्दी फिल्म ‘मोहनजदरो’बाट ऋतिक रोसनको अपोजिटमा डेब्यु गरेकी पूजाको यो फिल्म बक्स अफिसमा चलेको थिएन । तर, यसलाई पूजाको फिल्मी यात्रालाई कुनै असर गरेन । पहिलो फिल्म फ्लप भएपछि दक्षिण भारततिर लागेकी पूजा अहिले हिन्दी र दक्षिणको दुवैतिरका उद्योगमा व्यस्त छिन् ।

पूजा एकातिर दक्षिणका हिरो प्रभाससँग काम गरिरहेकी छिन् भने यतातिर सलमान खान र रनवीर सिंहसँग पनि भकाभक फिल्म गरिरहेकी छिन् । तर, पूजा यताको र उताको भन्दा पनि भारतकी हिरोइनको रुपमा चिनिन रुचाउने बताउँछिन् ।


‘ मैले धेरै तेलगु फिल्ममा काम गरेँ जहाँ मलाई दर्शकले स्वीकार्नु भएको छ । तर, म मुम्बईको भएकाले हिन्दी फिल्ममा पनि उत्तिकै चिनियुँ भन्ने चाहाना छ । यतिबेला दुवैतिर काम गर्न पाइरहेको छु । खुशी छु,’उनले मुम्बई मिररसँगको कुराकानीमा भनेकी छिन् ।  पूजा यतिबेला तेलगुमा बनेका ‘राधेश्याम’ र ‘मोस्ट एलिजेबल ब्याचलर’को सुटिङ गरिरहेकी छिन् भने चाँडै मुम्बईमा ‘कभि इद कभि दिवाली’ र ‘सर्कस’को सुटिङ गर्नेछिन् । 


Author

थप समाचार
x