कला

आस्थाको ‘यानी माया’ सार्वजनिक

इकागज |
कात्तिक ३, २०७७ सोमबार १४:९ बजे

काठमाडौं : गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ ।

भिडियोमा कविता नेपाली, गौरव बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् । हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ । भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ । 
 



Author

थप समाचार
x