'कालाे कोट' छाडेर हेमराज बिसीसँग सहकार्य गर्दै राेहित, छक्का पञ्जा समूह यथावत
काठमाडौँ - छक्का पञ्जा समूहका दीपक राज गिरी, दीपाश्री निराैला र केदार घिमिरेलाई लिएर 'कालो कोट' बनाउने घाेषणा गरेका निर्माता रोहित अधिकारीले यो फिल्म थाँती राख्दै नयाँ फिल्म बनाउने घाेषणा गरेका छन् । रोहितले बनाउने यो फिल्मलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । निर्देशक बिसीले छक्का पञ्जा समूहसँग काम गर्ने माैखिक सहमति भएको र तिहारपछि कागजी सम्झाैता गर्ने जानकारी गराए ।
'हामीबीच काम गर्ने सहमति भएको छ । तर अब तिहारपछि अैापचारिक निर्णय हुन्छ । यही समयमा हामी फिल्मको नाम र बाँकी जानकारी सार्वजनिक गर्छाैँ' बिसीले इकागजसँगको कुराकानीमा भने । फिल्मलाई रोहित अधिकारी र छक्का पञ्जा समूहले िनर्माण गर्नेछ ।
रोहितसँग 'गाजलु' फिल्ममा काम गरिसकेका हेमराजले पछिल्लो समय सोसल कमेडी जनरमा 'घामड शेरे' निर्देशन गरेका थिए । सोही फिल्ममा दीपकको समूहले फिल्ममा सहकार्य गर्ने प्रस्ताव गरेका थियो । त्यसबेला सहकार्य नभए पनि दीपकको समूह र बिसीबीच सहकार्य हुन लागेको हो । दीपकको समूहले रोहितसँग ‘छ माया छपक्कै’ मा सहकार्य गरेको थियो ।
हेमराजकै कथा रहेको फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढो’ को अभिनय रहनेछ । फिल्ममा रहने बाँकी कलाकार सम्झाैतापछि खोजिने बिसीले जानकारी गराए । 'उहाँहरु तीन जना रहने पक्का हाे । बाँकी चैं तिहारपछि नै खाेज्न सुरु गर्छाैँ' बिसीले भने । बिसीले माघ अन्तिम वा फागुनको सुरुमा फिल्म फ्लाेरमा जाने जानकारी गराए ।
दीपकराज गिरीले केही समयअघि फेसबुकमा राजा इज ब्याक लेखेर छक्का पञ्जा ४ बन्न लागेको संकेत गरेका थिए । तर योभन्दा अघि नै उनले हेमराजको फिल्ममा काम गर्ने भएका छन् । रोहितले भने 'छ माया छपक्कै' को पनि सिक्वेल बनाउने घाेषणा गरेका थिए तर त्यसयता उनले तीन चारवटा थप फिल्मको घाेषणा गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया