कला

अन्तर्राष्ट्रिय बजारमा ‘वन्डर वुमन१९८४’ को कमजोर प्रदर्शन

इकागज |
पुस ७, २०७७ मंगलबार ११:४६ बजे

‘वन्डर वुमन’को सिक्वेल ‘वन्डर वुमन १९८४’ले अन्तर्राष्ट्रिय बजारमा कमजोर प्रदर्शन गरेको छ । विश्वका ३९ देशमा गत हप्ता रिलिज भएको फिल्मले ३८ ( २ खर्ब) मिलियन डलर मात्र कमाइ गरेको छ । यो कमाइको आधा हिस्स चिनबाट आएको हो । चिनबाट मात्र फिल्मले १८ मिलियन डलर कमाइ गरेको छ । सन् २०१७ मा रिलिज भएको फिल्मको पहिलो भागले तीन वर्षअघि चिनको बजारबाट दोब्बर कमाइ गरेको थियो । 

‘वन्डर वुमन १९८४’को कमाइमा महामारीको प्रभाव स्पष्ट रुपमा देखिएका व्यापार विश्लेषकले बताएका छन् । उनीहरूका अनुसार महामारीका कारण धेरै हल बन्द छन् भने खुलेका हल पनि ५० प्रतिशत अकुपेन्सीका साथ चलिरहेका छन् । फिल्म अमेरिकामा भने प्रदर्शन हुन बाँकी छ । निर्माण कम्पनी वार्नर ब्रोजले आउँदो शुक्रबार अर्थात् २५ तारिखबाट अमेरिकामा फिल्म रिलिज गर्ने तयारी गरिरहेको छ । यही दिनबाट फिल्म एचबिओ म्याक्समा पनि रिलिज हुँदैछ । 


युके र आयरल्यान्डमा भने फिल्म १३ जनवरीदेखि ‘प्रिमियम भिडियो अन डिमान्ड’मा रिलिज हुनेछ ।  प्याटी जेन्किन्सको निर्देशन रहेको फिल्ममा गल गडोटले डिसी कमिक्स सुपरहिरोको भूमिका निर्वाह गरेकी छिन् । क्रिस पाइन र क्रिस्टेन विगको समेत अभिनय रहेको फिल्मले रोटन टोमाटोमा ८५ प्रतिशत रेटिङ पाएको छ । 
‘वन्डर वुमन’ महिलाले निर्देशन गरेको र महिलाले नै सुपरहिरोको भूमिका निर्वाह गरेको हलिउडको इतिहासमा पहिलो फिल्म हो । पहिलो फिल्मले ८ सय २२ मिलियन डलर कमाइ गरेको थियो । 
 


Author

थप समाचार
x