कला

अमेरिकामा हुने चौथो चलचित्र महोत्सव जुनमा

इकागज |
पुस ७, २०७७ मंगलबार १४:२७ बजे

काठमाडौं : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ को जुन महिनाको १८ तारिखदेखि २० सम्म आयोजना हुने भएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र ,छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । वासिङ्टन डिसी, मेरिल्यान्ड र  भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न  ‘डीएमभी क्लोजअप’ प्रदर्शनी हुँदै आएको छ । २०२०१ मा पनि ‘डीएमभी क्लोजअप’  झन्  बृहत गरिने छ । स्थापनादेखि नै ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरू आगामी वर्ष पनि समावेश हुनेछन् ।


अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला पनि आयोजना हुनेछन् ।  महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तक्र्रिया कार्यक्रम पनि आयोजना गरिनेछन् ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । कोभिड–१९ को कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो ।  यसैबीच उत्तर–अमेरिकाका ७ वटा दक्षिण एसियाली चलचित्र महोत्सवहरूको साझा पहलमा ‘कोसाफ’ सम्पन्न भएको थियो ।


Author

थप समाचार
x