कला

विकास प्रहरको गजल ‘बहुलाएँ म’ म्यूजिक भिडियोमा

इकागज |
कात्तिक ३, २०७७ सोमबार १९:८ बजे

काठमाडौं : पत्रकार तथा गजलकार विकास प्रहरको गजल ‘बहुलाएँ म’ को म्यूजिक भिडियो बजारमा आएको छ । गजल ‘बहुलाएँ म’मा स्वर र संगीत  गायक तथा संगीतकार राज सागरको छ । आफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराइसकेका राज सागरका धेरै गजलहरू रेकर्डिङ्ग भइसके तापनि उनको पहिलो रेकर्डिङ्ग भएको गजल ‘बहुलाएँ म’ हो ।

यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका छन् ।  किरण कँडेलको संगीत-संयोजन रहेको भिडियोलाई रञ्‍जिता शिवाकोटीले  निर्देशन गरेकी छन् । शिबाकोटीले ओएसआरको अफिसियल यूट्युब च्यानलमार्फत बजारमा ल्याएको बताइन् । सहनिर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको छ । स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन् । निर्माण व्यवस्थापन आशिष श्रेष्ठले गरेका छन् भने निर्माण सञ्‍जय भडेल र अरुण खड्काले गरेका हुन् । 


म्यूजिक भिडियोलाई छायांकन सुजय गौतमले गरेका छन् । भिडियोको सम्पादन प्रज्वलीत पराजुलीको छ । गजलमा नायकको भूमिकामा उपेन्द्र ढकाल र नायिकाको भूमिकामा प्रकृति खतिवडाले अभिनय गरेका छन् । यस्तै आर्शु महर्जनले सहनायक र बिनिता पाण्डे, अरुण खड्का, सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन् ।  गजलमा  स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाइएको छ । 


Author

थप समाचार
x