विवाहको मुडमा छैनन् आलिया
मुम्बई : रणवीर कपुर र आलिया भट्टको जोडी बलिउडमा क्युट जोडी मानिन्छ । अफेयरमा परेको केही समयदेखि नै आलिया र रणवीरले विवाह गर्न लागेको चर्चा चल्ने गरेको थियो । अझ ऋषि कपुर बिरामी भएको समयमा आलिया लन्डन मै बसेर हेरचाह गरेका कारण पनि यो जोडीले सन् २०२० भित्रै विवाह गर्ने चर्चा थियो तर लकडाउनका कारण सम्भव भएन ।
यतिबेला फेरि उनीहरूले सन् २०२१ भित्र विवाह गर्ने अनुमान चलिरहेको छ । तर, आलियाले यो विषयमा मुख खोल्दै तत्काल विवाह नगर्ने प्रतिक्रिया दिएकी छिन् । उनले पिंकभिल्लालाई दिएको अन्तर्वार्तामा आफू बल्ल २५ वर्षको भएकोले विवाहका लागि समय रहेको बताएकी छिन् । ‘जो भेटे पनि विवाहको कुरा सोध्छन् । सबैलाई थाहा छ कि म बल्ल २५ वर्षकी छु । अहिले विवाह गर्न हतार गर्ने समय छैन,’ उनले भनेकी छिन् ।
‘ब्रम्हास्त्र’को सेटमा भेटिएका रणवीर र आलियाको प्रेम त्यहीँबाट सुरु भएको थियो । त्यो भन्दा अघि रणवीर कट्रिनासँग प्रेममा थिए भने आलिया सिद्धार्थ मल्होत्रासँगको अफेयरमा रहेको चर्चा थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया