हल खोल्ने संघारमा युट्यबुमा ‘छक्का पञ्जा ३’, के हलमा जालान् त दर्शक ?
काठमाडौं : दुई दिनपछि ९ महिनादेखि बन्द रहेका हल खुल्दैछन् । नयाँ फिल्म रिलिज गरेर रिस्क लिने अवस्थामा कोही पनि निर्माता छैनन् । यसैले उसबेला चल्दा चल्दै बन्द रहेका फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’ नै दोहोर्याएर चलाउने निर्णय सिनेमाघरले लिएका छन् । तर, हल खुल्ने पूर्व सन्ध्यामा युट्यबुमा ‘छक्का पञ्जा ३’ रिलिज हुँदैछ ।
निर्माण टिमले बुधबार साँझ ६ बजेबाट ‘छक्का पञ्जा ३’ रिलिज गर्ने समय तालिका सार्वजनिक गरेको छ । ‘छक्का पञ्जा ३’ युट्युबमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म हो । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे आदिको समूहले निर्माण गरेको फिल्मलाई हलमा पनि दर्शकले औधी रुचाएका थिए । ३ वर्षअघि निर्माण भएको फिल्मले १६ करोड हाराहारी ग्रस गरेको अनुमान थियो ।
नेपालमा फिल्म फ्लोरमा नजाँदै डिजिटल अधिकार बेच्ने प्रचलन छ । धेरै निर्माताले यस्ता अधिकार बेचेर आएको पैसाले सुटिङ गर्ने गरेका छन् । ‘छक्का पञ्जा ३’ पनि यसरी नै हाइलाइट्सले किनेको थियो । तर, दुवैले सहमतिमा उपलब्ध अन्य डिजिटल प्लेटफर्ममा चलाएर मात्र युट्युबमा सार्वजनिक गर्ने निर्णय गरेको चर्चा थियो । सोही अनुसार फिल्म यतिबेला युट्युबमा आउन लागेको हो ।
तर, फिल्म यस्तो समयमा आउन लागेको छ जतिबेला दर्शकलाई हलमा बोलाउनु पर्नेछ । ९ महिनादेखि ठप्प सिनेमा हल शुक्रबारबाट खुल्दैछन् । एक त जाडोको समय त्यसमाथि हेर्न खोजिरहेको फिल्म । भएन, त्यही पनि निःशुल्क हेर्न पाइने ।
अब फ्रिमा पाउने फिल्म हेर्न छाडेर दर्शक कसरी पैसा तिर्ने फिल्म हेर्न जालान् ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया