कला

‘सेतो माछा शृंखला’का पाँच बालकथा सार्वजनिक

इकागज |
पुस ९, २०७७ बिहीबार १३:० बजे

कथालयले बालबालिकाका लागि गाइडो भान जेनेचनको ‘सेतो माछा’ शृंखलाका पाँच वटा पुस्तक प्रकाशनमा ल्याएको छ । यस शृंखलामा सानो सेतो माछाको सिकाई र वृद्धिविकासक कथाहरु समेटिएका छन् । पाँच भागका प्रत्येक कथामा सेतो माछाले नयाँनयाँ कुराहरु सिक्दै जान्छ । ‘सेतो माछा’ शीर्षकको पहिलो भागमा एक वर्षको सेतो माछा समुद्रमा हुर्किरहेको हुन्छ । यसमा माछा आमाको खोजीमा निस्कने कथा छ ।

सेतो माछाले गन्यो ११, साहसी सेतो माछा, सेतो माछा खुसी भयो र सेतो माछा ठूलो भयो यस शृंखलाका चार शीर्षक हुन् । यी चार पुस्तकमा सेतो माछाले आफ्नो समुद्री संसारको बारेमा सिक्ने क्रममा आफ्नो परिवार र समुद्री जनावर चिन्न, उनीहरुसँग सहयोग र सहकार्य गर्न, अङ्कगन्न र रंग छुट्याउन सिकिरहेको छ। दुई वर्षको हुँदासम्म उसले दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत कुरा सिकिसकेको हुन्छ ।केही नजान्दा डराउने सेतो माछा नयाँ कुराहरु सिकेपछि साहसी भएको महशुस गर्छ र उसको दोस्रो जन्मदिन धुमधामसँग मनाइन्छ ।


बालबालिकामा सिकाई सम्बन्धी उत्सुकता जगाउदै कथामा बाँधिरहने कथा सेतो माछामा जेनेचनले नै बनाएका विशिष्ट किसिमका चित्रद्वारा कथालाई झन सुन्दर बनाएका छन । कालो पृष्ठभूमिमा रंगीन, प्रष्ट र ठूलाचित्रहरु छन ्। चित्रहरुमा इन्द्रेणीका सातै रंग भेट्न सकिन्छ । अक्षर पढ्न नसक्ने बालबालिकाहरुले पनि रमाइ रमाई चित्र हेर्दै कथा बुझ्न सक्छन् ।

सेतो माछा संरचबाा, रंग र भावनात्मक अभिव्यक्तिको  सुन्दर र बलियो सम्मिश्रण भएको पुस्तक हो। हुर्किरहेका ३ देखि ६ वर्ष उमेर समूहका केटाकेटी लक्षित यो सिरिजले बालबालिकाको भाषा, सिपसिकाई र क्षमता विकासमा सहयोग पुर्याउन सक्छ ।

बलबालिकाका लागि लेख्ने जेनेचनका पुस्तक बेस्टसेलर रहँदै आएका छन् । उनका ‘द बिग बेबी बुकु, ‘मम्मिजएण्ड देअर बेबिज’, ‘राइडर रिक्की’ लगायत थुप्रै बालकथा प्रकाशित छन । उनी नेदरल्यान्डको ‘पिक्चर बुक अफ द इयर’ र  ‘रिडर्स डाइजेस्ट अवार्ड’ जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित लेखक हुन ्।

यो पुस्तक सन् २००४ माक्लाभिस बिभिबिए प्रकाशन गृहबाट पहिलो पटक बेल्जियम र नेदरल्यान्डमा प्रकाशित भएको थियो ।
यो शृंखलाका पाँचवटै पुस्तकको नेपाली अनुवाद सुनिती अमात्यले गरेकी हुन् ।


Author

थप समाचार
x