कला

भारतमा एनएफडीसीमा गाभिए ४ फिल्म संस्था

इकागज |
पुस ९, २०७७ बिहीबार १७:३८ बजे

दिल्ली :  भारतको सूचना तथा प्रसारण मन्त्रालयले यो मातहत रहेको ४ वटा फिल्म संस्था ‘नेसनल फिल्म डेभलपमन्ट कर्पोरेसन (एनएफडीसी)’ मा गाभेको जानकारी गराएको छ ।  मन्त्रालयले बिहीबार सरकार मातहत रहेका फिल्म डिभिजन,  डिरोक्टोरेट अफ फिल्म फेस्टिभल्स, नेसनल फिल्म आर्काइभ्स र चिल्ड्रेन फिल्म सोसाइटी एनएफडीसी अन्तर्गत रहने गरी गाभिएको जानकारी गराएको छ । 

‘अब देखि बेग्लाबेग्लै रुपमा काम गरिहेका संस्थाले एकै छानामुनि रहेर काम गर्नेछन् । फिल्म मिडिया युनिटको एकाकारले कुनै पनि छिटो छरितो र एकै ठाउँबाट हुनेछ,’ मन्त्रालयले भनेको छ । ४ संस्थामध्ये फिल्म डिभिजन सन् १९४८मा स्थापना भएको यो । यसले डकुमेन्ट्री बनाउनेसँगै लघु फिल्म र सरकारी कार्यक्रमको भिडियो रेकर्ड राख्ने काम गर्दै आएको थियो । 


चिल्ड्रेन फिल्म सोसाइटी भने सन् १९५५ मा स्थापना गरिएको थियो । यसले बालबालिका लक्षित फिल्म फिल्म बनाउने काम गर्दै आएको थियो । यसैगरी,  नेसनल फिल्म आर्काइभले भने भारतीय सिनेमाको इतिहासलाई संरक्षण गर्दै आएको छ । ,  डिरोक्टोरेट अफ फिल्म फेस्टिभल्सले भने भारतका विभिन्न राज्यमा फिल्म फेस्टिभल गर्दै आएको छ । माउ संस्था एनएफडिसीले भने सरकारी बजेटमा अर्थपूर्ण फिल्म बनाउँदै आएको छ । यसले बनाएका फिल्ममा ‘जाने भि दो यारो’ ,‘गान्धी’, ‘मिर्च मसाला’, ‘लन्चबक्स’, ‘माझी’ चर्चित मानिन्छन् । 

सरकारले केही समय पहिले ओटीटी प्लेटफर्मका फिल्ममा पनि निगरानी गर्ने निर्णय गर्न लागेको समाचार बाहिरिएका थिए । अब ओटीटीलाई पनि एनएफडीसी अन्तर्गतको निकायले अनुगमन गर्ने पनि बिहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । चार संस्थालाई गाभ्ने सरकारको निर्णयलाई निर्देशक तथा निर्माता सुभास घईले स्वागत गरेका छन् ।

उनल् ट्विट गर्दैै सरकारको कदम ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । ‘बेग्लाबेग्लै ठाउँमा बेग्ला बेग्लै मान्छेसँग भेट्नुभन्दा एकै ठाउँमा काम हुनु धेरै राम्रो हो । उद्योग र कलाकार सबैका लागि सजिलो हुन्छ ,’ उनले लेखेका छन् । निर्माता, वितरक, प्रदर्शक, स्टुडियो मालिक आदि सम्मिलित फिल्म फेडरेसन अफ इन्डिया भने स्वायत्त संस्था हो । यसैले भारतबाट अस्करमा सहभागी हुने फिल्म पनि छानेर पठाउने काम गर्ने गरेको छ । 


Author

थप समाचार
x