कला

१० दिनमा सकियो कार्तिक आर्यनको फिल्म

इकागज |
पुस १०, २०७७ शुक्रबार १४:११ बजे

मुम्बई :  कार्तिक आर्यन अभिनित ‘धमाका’ले १० दिन मै सुटिङ प्याक गरेको छ । १४ डिसेम्बरबाट सुरु भएको फिल्मको सुटिङ क्रिसमसको अघिल्लो दिन सकिएको हो । थ्रिलर विधाको फिल्ममा कार्तिकले पत्रकारको भूमिका निर्वाह गरेका छन् । फिल्म आतंकवादी आक्रमणको सेरोफेरोमा केन्द्रित रहेको बताइएको छ । 

फिल्मको अधिकांश सुटिङ इन्डोर गरिएको थियो । केही दृश्य मात्र बाहिर खिचिएको निर्माण टिमले जनाएको छ । कार्तिकले फिल्मको सुटिङका लागि १४ दिन छुट्याएका थिए । तर, निर्देशक राम माधवानीले ४ दिन अगावै फिल्मको सुटिङ सकाएका हुन् । माधवानीले यसअघि ‘नीरजा’को निर्देशन गरेका थिए । कार्तिक आर्यनको अघिल्लो साल ‘लभ आज कल २’ रिलिज भएको थियो । सन् २००९ मा रिलिज भएको फिल्मको सिक्वेल बक्स अफिसमा नराम्ररी असफल भएको थियो । 



Author

थप समाचार
x