अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी
काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ । उनी गत डिसेम्बर ८ मा निर्माता करण जाैहरको पार्टीमा सहभागी भएकी थिइन् । यो पार्टीमा सहभागी करिना कपुर र अमृता अरोरालाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
नियमानुसार आलिया उक्त पार्टीमा रहेकाले उनले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका लागि नयाँदिल्ली पुगेकी थिइन् । यसपछि बीएमसीले उनलाई दिल्लीमा नै क्वारेन्टाइन बस्न भने पनि उनी मुम्बई फर्किइन् ।
यहीकारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको छ । ‘आलिया भट्ट नियम उल्लंघन गरेर दिल्ली गइन् र त्यहाँ गएपछि आफ्ना तस्बिर सामाजिक सञ्जालमा राखिन् । जुन आफैंमा गलत कुरा हो ।
'आलियाले पाठ सिक्नु जरुरी छ र कानुन सबैलाई समान छ । आलिया एक सेलिब्रेटी भएकाले उनलाई धेरैले पछ्याउछन् भन्ने कुरा बुझ्न आवश्यक छ । त्यही कारण एक जिम्मेवार नागरिकका रुपमा आलियाले यी सबै नियमलाई उल्लंघन गर्नु हुँदैन थियो’, मुम्बई महानगरपालिकाको हेल्थ कमिटी अध्यक्ष राजुल पटेलले भनेका छन् ।
आलिया बुधबार रणवीर कपुर, निर्देशक आयान मुखर्जी र फिल्मको टिमका साथ आफ्नो फिल्म ‘ब्रह्मास्त्र’को प्रचार गर्न नयाँदिल्ली पुगेकी थिइन् । यसबाहेक उनी नयाँदिल्लीको बंगला साहेब गुरुद्वारा दर्शन गर्न पनि पुगेकी थिइन् । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया