‘कौसीद’ बनाउँदै ऋचा, माघ १ देखि फ्लोरमा
तस्बिर : ऋचाको फेसबुक
काठमाडौं : ‘सुनकेशरी’ निर्माण गरेकी ऋचा शर्माले अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेकी छिन् । ‘कौसीद’ शीर्षकको फिल्ममा ऋचा स्वयं महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मले काठमाडौंमा घर बनाउने सपना देखेको मध्यमवर्गीय परिवारको कथा प्रस्तुत गर्ने ऋचाले बताइन् ।
‘ एउटा इमान्दार परिवार कसरी घर बनाउने चक्करमा भ्रष्ट हुँदै जान्छ भन्ने फिल्मको कथा हो,’ ऋचाले इकागजसँग भनिन्, ‘बैंक ऋण र यसका आयाम पनि कथामा प्रस्तुत गर्ने प्रयास गर्नेछौं ।’संस्कृत भाषामा बनेको शब्द कौसीदको अर्थ ‘ब्याजखोर’ भन्ने अर्थ हुन्छ । फिल्ममा ऋचासँगै भोला सापकोटा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
ऋचाले माघ १ गते फिल्म फ्लोरमा जाने बताइन् । २० दिनको सुटिङ सक्ने लक्ष्य रहेको फिल्मको सुटिङ काठमाडौं वरिपरि नै हुनेछ । ऋचाले यही समयमा ‘कमेडी च्याम्पियन’को पनि सुटिङ गर्नेछिन् । ‘कमेडी च्याम्पियन’मा जज रहेकी ऋचाले त्यहाँ हप्ताको एक दिन मात्र सुटिङको समय दिनुपर्ने भएकाले ‘कौसीद’को सुटिङका लागि समस्या नहुने बताइन् ।
फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन् । केही डकुमेन्ट्री निर्माण गरेका कुमारको यो डेब्यु फिल्म हो । फिल्मलाई ऋचासँगै केदार भुसाल, लक्ष्मण बानियाँ, दिमेश श्रेष्ठ मिलेर निर्माण गर्नेछन् । फिल्मलाई नवविजय प्रकाश श्रेष्ठ, धिराजन थपलियाले लेखेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया