४४ दिनमा सकियो ‘कृष्णलीला’
काठमाडौं : तिहारपछि फ्लोरमा गएको फिल्म ‘कृष्णलीला’ले ४४ औं दिनमा सुटिङ सकाएको छ । निर्माण टिमले क्रु मेम्बरसहित इन्ड क्ल्यापको फोटो राख्दै सुटिङ सकेको जानकारी गराएको हो । दीपक ओलीको निर्देशन रहेको फिल्मको सुटिङ सप्तरीको कोशीब्यारेजसँगैसँगै झापा र इलामका रमणीय स्थानमा भएको थियो ।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
निर्देशक ओलीले यसअघि ‘रोल्पा रोग’ ‘कुम्भकर्ण’ र ‘पण्डितबाजेको लौरी’ आदि फिल्मको निर्देशन गरेका छन् । ‘कृष्णलीला’को सुटिङ सकाएलगत्तै पुष्प खड्काले ‘रेड वाइन’को सुटिङ सुरु गर्नेछन् । यो फिल्मको सुटिङ एक दुई दिन भित्रै सुरु हुँदैछ । फिल्मलाई रोहित कट्टेल र रत्न तामाङको जोडीसँगै प्रकाश कार्की र केवल तामाङले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया