इन्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित, क्लब जाँदा खोप कार्ड अनिवार्य
'जनस्वास्थ्यको मापदण्ड अपनाएर व्यवसाय गर्छाैँ'
काठमाडौँ - ' के तपाईं रात्रीकालीन जीवनमा रमाउन चाहनु हुन्छ?' कोभिड-१९ संक्रमण दरको संख्या बढेपछि अबदेखि खोप कार्डविना क्लबमा प्रवेश नपाइने भएको छ । ठमेलस्थित मनोरञ्जन प्रदान गर्ने विभिन्न रात्रीकालीन क्लबले कोभिडविरुद्धको खोप लगाएकालाई मात्र प्रवेश गराउने निर्णय गरेका छन् ।
पछिल्लो समय कोभिड संक्रमितको संख्या वृद्धि भएपछि सार्वजनिक स्थानमा भेला हुन प्रतिबन्ध लगाउने कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले सोमबार निर्णय गरेको थियो ।
होटल, पार्क र सिनेमा हलजस्ता सार्वजनिक स्थानमा जानेले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । उपत्यका लगायत विभिन्न ठाउँमा संक्रमण दर बढेकाले सरकारले सार्वजनिक स्थनमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ ।
एलओडीले रात्रीकालीन समयमा पार्टी गरी रमाउन चाहनेलाई खोप कार्ड भएकालाई मात्र प्रवेश दिने निर्णय गरिएकाे क्लबका निर्देशक भुपेन्द्र शमसेर कुँवरले जानकारी दिए । 'कोभिडविरुद्धको खोप लगाएर आउन हुन सबैलाई अनुरोध गरिन्छ,' उनले भने,' अहिले पनि क्लब भित्र प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।' प्रशासनले गरेको आग्रह र पार्टीमा रमाउन चाहनेको स्वास्थ्यलाई ख्याल गर्दै उक्त निर्णय गरिएको उनको भनाइ छ ।
कुँवरका अुनसार कोभिड संक्रमणको संख्या बढिरहेको समयमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण छ । 'जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि व्यवासय सञ्चानल गर्छौ,' उनले भने,' पहिले जस्तो पुनः बन्द गर्नुपर्ने अवस्था आएमा व्यवसाय धान्न गाह्रो हुन्छ । जनस्वास्थ्यको मापदण्डलाई कार्यान्वय गरेर भए पनि व्यवसाय चलाउन पाउनुपर्छ ।' क्लबमा १ सय ५० जना भन्दा बढी कर्मचारी रहेकाले बन्द गर्नुपरेमा व्यवसाय गर्न गाह्रो हुने उनले बताए ।
यसअघि भएको करिब ९ महिनाको लकडाउनले थलिएको व्यवसायले अहिले विस्तारै उठ्दै गरेको उनले जानकारी दिए । 'पुनः बन्द गर्नुपर्ने अवस्था आएमा उठ्न गाह्रो हुन्छ,' उनले भने ।
त्यसैगरी देशभर संक्रमण बढेसँगै इन्डियन आइडल पवनदीपको सांगितिक कार्यक्रम पनि स्थगित भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । महामारीमा संक्रमणदर वृद्धि हुने भएकाले ध्यान कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ । माघ १ गते पवनदीपले सांगीतिक कार्यक्रम गर्ने तयारी गरिहेका थिए । तर, क्लबले नियमित रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने उनले बताए । रात्रीकालीन जीवनमा रमाउने चाहनेलाई अबदेखि कोभिडविरुद्ध लगाएको खोप कार्ड अनिवार्य गरिएको छ,' उनले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको पछिलो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छन् । संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भएका हुन् । अर्को सूचना जारी नभएसम्म कार्यक्रम स्थगित भएको हो ।
याे पनि
इन्डियन आइडल पवनदीप ठमेलको एलओडीमा आउँदै
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया