श्याममोहनको ‘काठमाडौं पेरिस काठमाडौं’ चाँडै बजारमा
काठमाडौं : श्याममोहन श्रेष्ठ एयरलाइन्स तथा पर्यटन व्यवसायमा चर्चित नाम । तर, एक दिन अचानक उनले जागिर छाडेर विदेश घुम्न जाने निर्णय गरे । तर त्यो पनि पनि हवाइमार्गबाट होइन, स्थल मार्गबाट । उनलाई स्थलमार्गबाट फ्रान्स पुग्न ७ महिना लाग्यो । श्याममोहन श्रेष्ठले यही यात्रालाई केन्द्रमा राखेर पुस्तक लेखेका छन् जसको नाम रहेको छ ‘काठमाडौं पेरिस काठमाडौं बस र रेल यात्रा साहस र आँटले डोर्याएको जिन्दगी’ । लेखकको प्रेरणादायी अन्य प्रसंग पनि समेटिएको पुस्तक केही दिनमै सार्वजनिक हुँदैछ ।
पुस्तकमा लेखक श्रेष्ठले आफ्नो सात दशक लामो जीवनको उतारचढावलाई इमान्दारीका साथ प्रस्तुत गरेको दाबी गरेका छन् । पुस्तकमा उनले बाल्यकाल, यौवनकालसँगै विश्वजनीन सामाजिक तथा आर्थिक अनुभवलाई पनि समेटेको बताएका छन् । फोटोसहितको पुस्तकले कुनै पनि मानिसलाई असफलताबाट नभाग्न र कर्मप्रति इमान्दार रहन पनि प्रेरित गर्ने लेखकको विश्वास छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया