कला

वैशाखदेखि फ्लोरमा मीन भामको ‘चिसो वर्ष’

इकागज |
पुस २३, २०७७ बिहीबार १६:२५ बजे

काठमाडौं :  मीन भामको बहुप्रतीक्षित चलचित्र ‘चिसो वर्ष’ वैशाखदेखि फ्लोरमा जाने भएको छ । वैशाखदेखि फ्लोरमा जाने गरी फिल्मको प्रिप्रडक्सनको काम भइरहेको मीन भामले बताए । ‘फिल्मको कास्टिङ सकियो । अबको नयाँ वर्षबाट फ्लोरमा जान्छौं । अहिले धमाधम प्रिडक्सनको काम भइरहेको छ । केही समयपछि हामी सम्पूर्ण जानकारी बाँड्छौं,’ उनले भने । 

मीनले ५ वर्षअघि यो फिल्म बनाउने घोषणा गरेका थिए । तर पर्याप्त बजेट नहुँदा फिल्मको सुटिङ सुरु हुन सकेको थिएन । यो बीचमा फिल्मले कान्स, लोकार्नो,  एसियन सिनेमा फन्ड, टोरिनो, पुन्टो ल्याब आदिबाट ३ करोडभन्दा बढीको फन्ड जितेको थियो । ‘चिसो वर्ष’को कथा आफ्ना हराएका श्रीमान खोज्न लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालय लामो यात्रामा केन्द्रित । यात्राकै क्रममा दुवैको जीवनमा आउने परिवर्तन फिल्मको मुख्य सार रहेको मीनले बताए । 


यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ । मीन भामले निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । मीनले यो फिल्मका लागि विदेशका अन्य ८ निर्मातासँग सहकार्य गरिरहेका छन् । 


Author

थप समाचार
x