कला

दार्जिलिङका लेखनाथले ल्याए 'फुलाङ्गे'

इकागज |
पुस २६, २०७७ आइतबार १३:५ बजे

काठमाडाैं : दार्जिलिङका युवा लेखक  लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' बजारमा आएको छ ।  भारतको दार्जिलिङ्मा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यस अघि कविता संग्रह र सांग्रिला बुक्सद्वारा प्रकाशित रवीश कुमारको चर्चित पुस्तक 'मुक्त आवाज' नेपाली अनुवाद प्रकाशित छन् । 'फुलाङ्गे' उनको पहिलो आख्यान हो  ।

सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे'  । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन्  । दार्जीलिङलाई कठपुतली हुन् कसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरि खोज्ने प्रयास गरेका छन्  । ऐतिहासिक संघर्षका भुँइप्वाल देखाउने यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।


सांग्रिला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास 'फुलाङ्गे' भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुनेछ ।  यस उपन्यासको नेपाली मूल्य रू ३३५ रहेको छ र भारतीय मूल्य २५० रहने छ ।


Author

थप समाचार
x