कला

मनीषाको प्रश्न, ‘के सरकार नेपाली कै हो ?’

इकागज |
पुस २७, २०७७ सोमबार १६:११ बजे

काठमाडौं :  राजनीतिको विषयमा हम्मेसी टिप्पणी नगर्ने मनीषा कोइराला भारतसँगको कालापानी लिपुलेक विवादमा मुछिइन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विट रिट्विट गरेपछि मनीषालाई भारतीय मिडियाले ‘भारतका खाती हो चीनकी गाती हो’ भन्दै खोइरो खने । त्यसयता नेपालमा नै बस्दै आएकी मनीषाले आध्यात्मिक जीवन अँगालेको संकेत दिने दैनिकी गुजारीरहेकी छिन् ।

तर, केही दिनअघि अचानक उनले राजनीतिक अर्थ दिने राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाउने कार्यक्रमको नेतृत्व गरिन् । पत्रकार सम्मेलन गरेर नै उनले पृथ्वी जयन्तीका दिन रत्नपार्कमा भेला हुन आमन्त्रण गरिन् । उनको आमन्त्रण अनुसार रत्नपार्कको शान्ति वाटिकामा राम्रै संख्यामा सर्वसाधारण भेला पनि भएका थिए । तर, सरकारले विनाकारण धरपकड गर्यो । मनीषाले यसको रिस ट्विटरमा पोख्दै सरकारको नियतमाथि नै प्रश्न गरिन् । उनले लेखेकी छिन् ‘ मैले आशा गरेकी थिएँ कि जनताको  राष्ट्रिय एकताप्रतिकों सामूहिक भावलाई  सरकारले सम्मान गर्ने छ ।


तर उस्को व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको सालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य ?  पानीको फोहरा र टियर ग्याँस सहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’ पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवसप्रति मनीषाको चासोलाई धेरैले मनीषाको राजनीति प्रवेशको पूर्व तयारीको रुपमा अथ्र्याएका छन् । तर, मनीषाले भने राजनीतिमा नलाग्ने अभिव्यक्ति दिँदै आएकी छिन् । 


Author

थप समाचार
x