कला

तमिल फिल्म ‘मास्टर’ को हजार सो अघिल्लै दिन हाउसफुल

इकागज |
पुस २८, २०७७ मंगलबार १७:३ बजे

फिल्म ‘मास्टर’को टिकट काट्न तमिलको एक सिनेमा घरमा लाममा रहेका दर्शक

मुम्बई : तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपतीको अभिनय रहेको फिल्म ‘मास्टर’ माघे संक्रान्तिको पूर्वसन्ध्यामा भोलिबाट हलमा लाग्दैछ । लोकेश कंगराजको निर्देशन रहेको फिल्मबाट तमिल सिनेमा लयमा फर्कने हरकोहीको अपेक्षा छ ।

फिल्म ३८ सय पर्दाका साथ रिलिज हुँदैछ र विजयको फिल्म यतिधेरै पर्दामा रिलिज हुन लागेको पहिलो अवसर हो । यसअघि उनको फिल्म ‘बिगिल’ २५ सय पर्दामा एकसाथ रिलिज भएको थियो । महामारीपछि भारतमा रिलिज हुन लागेको यो पहिलो ठूलो फिल्म हो । तर, महामारीका डरबीच पनि दर्शकमा यो फिल्म हेर्ने उत्साह ऐतिहासिक देखिएको छ ।


फिल्मले भिडभाड कम गर्ने मनसायसहित आइतबारबाट नै अनलाइन बुकिङ खोलेको थियो । मंगलबारसम्म हजारभन्दा बढी सोको टिकट बिक्रि भइसकेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अनलाइन मात्र होइन, सिनेमा घरको टिकट काउन्टरबाट अग्रिम टिकट बिक्रि भइरहेको छ । यहाँ पनि टिकट काट्ने मानिसको चाप अत्यधिक भएपछि प्रहरीले हस्पक्षेप गर्नु परेको समाचार छन् ।

 तमिलसँगै फिल्म तेलगु, कर्णाटक र हिन्दीमा पनि रिलिज हुन लागेको हो । फिल्मले पहिलो दिन २५ देखि ३० करोडको बीचमा ओपनिङ गर्ने बुझिएको छ । तेलगुमा पनि दुई दिनअघि रवि तेजा अभिनित ‘क्रयाक’ले उत्साहजनक व्यापार गरेको रिपोर्ट छ । पहिलो दिन नै फिल्मले ९ करोड हाराहारीको ओपनिङ गरेको छ । 


Author

थप समाचार
x