कला

‘मास्टर’को बम्पर व्यापार, पहिलो दिन देशैभर हाउसफुल

इकागज |
पुस २९, २०७७ बुधबार १५:४७ बजे

मुम्बई :  तमिल फिल्म ‘मास्टर’ हेर्न अपेक्षाभन्दा ज्यादा दर्शक आएको फिल्मको व्यापार विश्लेषकले बताएका छन् । तमिलनाडुको ठूलो फेस्टिभल ‘पोंगल’को अवसरमा रिलिज भएको फिल्म हेर्ने दर्शक बिहानदेखि नै हलमा आएको वितरकले जनाएका छन् । 

मुम्बईका हलमा बिहान ७ बजेको सो नै हाउसफुल भएको वितरकले बताएका छन् । मुम्बईका हल सञ्चालक भिषेक चौहानले गर्दै दर्शकको भिड रहेको फोटो तथा भिडियो ट्विट गर्दै ७ बजेको सो नै हाउसफुल भएको बताएका छन् । ‘बिहानको सो नै हाउसफुल छ । महामारीको समयमा पनि दर्शकले यसलाई ब्लकबस्टर बनाएका छन् । विजय लिडर हुन्,’ उनले ट्विट गरेका छन् । 


फिल्म समीक्षक तरन आदर्शले पनि ट्विट गर्दै बक्स अफिसमा सुनामी आएको बताएका छन् । ‘मास्टरले भयंकर ओपनिङ गरेको छ । दर्शकले खोजेको कुरा दियो भने उनीहरूले तपाईंलाई कहिलै निराश बनाउँदैनन्,’ उनले लेखेका छन्, ‘राम्रोसँग बनाएको मनोरञ्जक सिनेमा हलमा हेर्नुको मजा यत्तिकै हराउँदैन ।’

विजय सेतुपति र माल्विका मोहनन आदि कलाकारको अभिनय रहेको फिल्मको आइतबारदेखि नै टिकट खुल्ला गरिएको थियो । मंगलबार साँझसम्म १ हजारभन्दा बढी सोको टिकट पहिले नै बिक्रि भइसकेको थियो । ३८ सय पर्दामा रिलिज भएको फिल्म लागेको ठाउँमा हाउसफुल रहेको रिपोर्ट वितरकले दिएका छन् । 
‘ मास्टर’ महामारीपछि रिलिज भएको तमिलको ठूलो फिल्म हो ।  
 


Author

थप समाचार
x