निरुताकाे जिज्ञासा , ‘नेपालमा किन जहिलै आन्दोलन ?'
तस्बिर: निरुताको फेसबुक
काठमाडौं : एक समयकी व्यस्त अभिनेत्री निरुता सिंह आजभोलि मुम्बईमा बस्छिन् । धेरै वर्ष पहिले ‘फर्कि आऊ’ खेलेर मुम्बईतिर हान्निएकी निरुताले बीचमा ‘नाइँ नभन्नू ल ५’मा अतिथि भूमिका मार्फत कमब्याक गरिन् । त्यसयता उनले ‘क्याप्टन’ फिल्ममा पहिलो फिल्मको हिरो भुवन केसीसँग नृत्य गरिन् भने ‘दाल भात तरकारी’मा हरिवंश आचार्यसँग अभिनय गरिन् ।
त्यसयता भने दर्शकले निरुतालाई पर्दामा देख्न पाएका छैनन् । तर, महामारीका बीचमा उनले ‘दर्पणछायाँ’को सिक्वेल बनाउने बताएकी थिइन् । तर, यो सम्बन्धी थप जानकारी बाहिरिएको छैन । फिल्म छाडेर निरुतालाई यो पटक भने नेपालको राजनीतिले छोएछ । उनले बुधबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै नेपालमा किन यत्ति धेरै आन्दोलन हुन्छ भन्ने जिज्ञासा राखिन् । ‘नेपालमा मैले जान्दादेखि र अहिलेसम्म सधंै आन्दोलन मात्रै भइरहेको देख्छु । खास कारण के होला ? आदरणीय मेरा शुभचिन्तकहरू यस विषयमा के भन्नुहुन्छ ?’ उनको प्रश्न थियो ।
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटन गरेपछि सत्ताधारी पार्टी नै सडकमा ओर्लिएका छन् । दिनहुँ भेला र जुलुस गरिरहेका छन् । निरुताले सायद यही नबुझेर होला जिज्ञासा राखेको । अहिले अवस्था यस्तो छ कि नेताहरूलाई नै थाहा छैन होला किन र केका लागि आन्दोलन भइरहेको छ । बिचरा निरुतालाई कसरी थाहा होस् ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया