कला

सुटिङ अगावै अष्ट्रेलियामा बिक्यो आर्यन र उपासनाको 'डिसेम्बर फल्स'

इकागज |
माघ ४, २०७७ आइतबार १०:२ बजे

काठमाडौं : चलचित्र 'डिसेम्बर फल्स'को युट्युब र अष्ट्रेलिया अधिकार बिक्री भएको छ । यो चलचित्रको युट्युब र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युब डिजिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले खरिद गरेको हो ।

लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्द एजुकेसन एन्ड माइग्रेसन कर्नरले यस अघि पनि अष्ट्रेलियामा विभिन्न चलचित्रहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। चलचित्र 'डिसेम्बर फल्स'का टिजर,गीत,प्रमो र चलचित्र अब दर्शकहरूले नेप आर्ट यूटुब च्यानलमा हेर्न पाउंनेछन्  भने चलचित्र नेपाल र अष्ट्रेलियाका विभिन्न सहरमा एकसाथ रिलिज हुने भएको छ।


चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत,शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ । चलचित्रकी अभिनेत्री उपासना सिंह ठकुरीलाई एजुकेसन एन्ड माइग्रेसन कर्नरकी ब्रान्ड एम्बेस्डर पनि हुन । ‘चलचित्रका कलाकारहरूको वजनदार उपस्थिति र दर्शकप्रिय कलाकारहरूको जमघटको आधारमा चलचित्र डिसेम्बर फल्स खरीद गरेका हौं' एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनील उप्रेतीले भने । उप्रेतीले चलचित्रकी नायिका उपासना सिंह ठकुरी आफ्नो सस्थाको ब्राण्ड एम्बेस्डर भएको नाताले पनि चलचित्र खरिद गर्न आफू इच्छुक रहनुको कारण बताए ।

प्रेम कथामाथि आधारित यो चलचित्रलाई प्रविन झाले निर्देशन गर्ने छन भने छायाकार महेश आर गुप्ता हुन । यी दुबै भारतीय चलचित्रमा काम गरि सकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता हुन भने रामप्रसाद रिजाल र राजकुमार भट्ट चलचित्रका निर्माता हुन ।


Author

थप समाचार
x