कला

महामारीमा पनि कम छैन फिल्म बनाउने चासो

इकागज |
माघ ६, २०७७ मंगलबार ११:३६ बजे

काठमाडौं : चैत यता सुरु भएको कोरोना महामारीले पछि नेपाली फिल्म अझै तंग्रिन सकेको छैन । १ महिना अघिदेखि बल्ल हल खुलेका छन् तर खुलेका हलमा न फिल्म छन् न दर्शक । तर, लकडाउनकै बीचमा पनि नयाँ फिल्म बनाउने निर्माताको चाखमा भने कुनै कमी देखिएको छैन । यो आर्थिक वर्षयता ५० हाराहारी निर्माताले नयाँ फिल्म बनाउने भन्दै निर्माण इजाजत लिएका छन् । यसरी इजाजत लिनेमा सुटिङ गरिरहेका फिल्म ‘आइएम ट्वान्टी वान’ देखि प्रदर्शन भइसकेको ‘लक्ष्मीपूजा’ सम्म छन् । 

चलचित्र विकास बोर्डका निर्माण तथा चलचित्र कल्याणकोष अधिकृति हरिसिंह रेखौलाले अघिल्लो वर्षको तुलनामा निर्माण इजाजत लिने फिल्मको संख्या थोरै मात्र कम रहेको बताए  ।‘ अघिल्लो साल यही समयमा अलि धेरै सिनेमाले निर्माण इजाजत लिएका थिए तर यो साल जति भएका छन् त्यति होलान् भन्ने हाम्रो अपेक्षा थिए,’ उनले भने, ‘लकडाउनमै पनि फिल्म बनाउन चाहाने निर्माताको रुचि राम्रै मान्नुपर्छ ।’नेपालमा हरेक साल नयाँ निर्माता आउने र उनीहरू दोस्रो फिल्म नबनाइ पलायन हुने गरेको तथ्यांक छ । यो आर्थिक वर्षमा निर्माण इजाजत लिने निर्मातामा पनि पुरानाभन्दा नयाँ निर्माताको बाहुल्य छ । 



Author

थप समाचार
x