कला

‘मास्टर’ बन्यो सय करोड कमाउने पहिलो फिल्म

इकागज |
माघ ६, २०७७ मंगलबार १२:३४ बजे

मुम्बई :  तमिल फिल्म ‘मास्टर’ महामारीपछि सय करोड कमाउने पहिलो फिल्म बनेको छ । फिल्मले तमिलनाड्डुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको हो । फिल्मले कर्नाटकबाट १४ करोड, केरलाबाट ७ करोड र भारतका अन्य राज्यबाट ३ करोड हाराहारी कमाइ गरेको छ । कुल गरेर फिल्मले १ सय २५ करोड कमाइ गरेको हो । 

भारत सरकारले हलमा ५० प्रतिशत मात्र दर्शकले हेर्न पाउने गरी हल खोल्ने अनुमति दिएको थियो । यही नियम पालना गर्दै ‘मास्टर’ले पनि ५० प्रतिशत अकुपेन्सीमा नै यत्रोविधि व्यापार गरेको हो । 


फिल्मको रिलिजसँगै यसको हिन्दी रिमेक अधिकार किनिएको छ । तर, हिन्दीमा भने यो फिल्मले निरााशाजनक व्यापार गरेको छ । विजय र विजय सेतुपतिको अभिनय रहेको फिल्मले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । केहीले यसलाई ठीकै मानेका थिए भने केहीले यो फिल्म अपेक्षा अनुसारको नभएको बताएका थिए । 


Author

थप समाचार
x