कला

बेलायतका सिनेमा घर बचाउन हलिउड निर्देशकको अपील

इकागज |
माघ ६, २०७७ मंगलबार १३:९ बजे

लन्डन :  बेलायतका सिनेमा घर बचाउन हलिउड निर्देशकहरूले बेलायती चान्सलरलाई अपील गरेका छन् । हलिउड निर्देशक क्रिस्टोफर नोलान, स्टिभ म्याक्विन, रेड्ली स्कट आदि निर्देशकले बेलायतको चान्सलर रिसी सुनाकलाई सिनेमा घरलाई राहत प्रदान गर्ने निवेदनमा ऐक्यवद्धता जनाएका हुन् । 

बेलायत सरकारले लामो समयदेखि बन्द रहेका सिनेमा घरलाई राहत उपलब्ध गराएको थियो । सिनेमाको व्यापारमा हलको भूमिका ८० प्रतिशत रहने भन्दै निर्देशकले थप सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् । 


हलिउड निर्देशकले स्टुडियो तथा प्रडक्सन कम्पनीले जति लगानी गरे पनि सिनेमा घरविना त्यो लगानीको कुनै अर्थ नहुने भन्दै उनीहरूले सिनेमा घरको बचाऊमा  पहल गरेका हुन् । बेलायती सरकारले अघिल्लो समयमा गरेको सहयोग भने इन्डिपेन्डेन्ट तथा सिंगल थिएटर लक्षित थियो । उनीहरूले हस्ताक्षर गरेको निवेदनमा सिनेमा घर लोपोन्मुख अवस्थामा रहेको उल्लेख गरिएको छ । 

महामारीका कारण स्ट्रिमिङ साइटको दर्शक ह्वात्तै बढेका छन् । यही बीचमा वार्नर ब्रोजले आफूले बनाएका फिल्म ‘एचबीओ म्याक्स’मा पनि हलसँगै रिलिज गर्ने निर्णय गरेपछि वार्नरको यो निर्णयको चौतर्फी आलोचना भएको भयो । क्रिस्टोफर नोलानले पनि यो निर्णयको विरोध गरेका थिए । 


Author

थप समाचार
x