करिष्माको बाबुरामलाई झटारो, ‘तपाईंको उर्जा सधैं विरोधमा मात्र खर्चने ?’
काठमाडौं : कुनै समय अभिनेत्री करिष्मा मानन्धर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई आदर्श मान्थिन् । उनकै हात समातेर बाबरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य बन्न गएकी थिइन् । बाबुरामले पनि करिष्मामाथि ठूलो भरोसा गरेका थिए ।
यही कारण टुँडिखेलमा भएको पार्टीको घोषणा सभाको सञ्चालन गर्ने जिम्मेवारी करिष्मालाई नै दिएका थिए । भलै करिष्माले त्यसमा आलोचना खेप्नु परेको थियाे । उनले पाहुनालाई उल्टापुल्टा गरी सम्बोधन गरेपछि सामाजिक सञ्जालमा करिष्मा ‘ट्रोल’ बनेकी थिइन् ।
तर, कालान्तरमा करिष्माले बाबुरामको साथ छोडिन् । नयाँ शक्ति पार्टी अन्य थुप्रै मधेश केन्द्रित पार्टीसँग विलय भयो र बाबुराम जनता समाजवादी पार्टीको संघीय परिषद्को अध्यक्ष छन् । पार्टी एकीकरणका क्रममा करिष्माको नाम नदेखेपछि करिष्मा र बाबुरामको छुट्टानाम भएको अड्कल चलेका थिए ।
कतिसम्म भने पार्टी एकीकरणका क्रममा करिष्मालाई नसमेटेपछि करिष्मा बाबुरामसँग रुष्ट रहेको समाचार आएका थिए । नभन्दै बुधबार बिहानै करिष्माले फेसबुकमा पोस्ट गरेको स्ट्याटसले करिष्मा बाबुरामसँग रुष्ट रहेको प्रष्टै बुझिन्छ ।
उनले भट्टराईले राखेको पोस्ट सेयर गर्दै बाबुरामको उर्जा विरोधमा मात्र सीमित रहेको देख्दा दुःख लागेको बताएकी थिइन् । ‘तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सिमित भएको देखेर दुःख लाग्छ डा. साब ! यही हो नेपालीले पाएको गणतन्त्र ! यही हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?’ उनले बाबुरामलाई प्रश्न गरेकी छिन् ।
करिष्माले झोंक चलेर एक चोटी आफ्नै श्रीमान् विनोद मानन्धरलाई त नागरिकता नबनाई दिएर भोटर हाल्न नपाएको भन्दै सामाजिक सञ्जालमा उनकै विरुद्धमा स्ट्याटस लेखेकी थिइन् । चित्त नबुझेपछि बाबुराम भट्टराईलाई किन छाड्थिन् ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया