‘सेलेब्स ग्रिट्स’को ब्रान्ड एम्बेस्डरमा अनुप
काठमाडौं: सेलिब्रेटीहरूलाई फ्यान तथा शुभचिन्तकहरूसँग नजिकबाट साक्षात गराउने लक्ष्यसहित नेपालमा पहिलोपटक वेबसाइट र एप्लिकेसन लन्च भएको छ । वेबसाइट र एप्लिकेसन दुवैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ ले सेलिब्रेटी र फ्यानबीचको दूरी नजिक बनाउनेछ ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त वेबसाइटको सुरूवात भएको जानकारी गराइयो । ‘सेलेब्स ग्रिट्स’को ब्रान्ड एम्बेस्डरमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भएका छन् । आयोजक टिम र अनुपबीच कार्यक्रममा नै सम्झौतापत्र आदान प्रदान गरियो भने अनुपले नै ‘सेलेब्स ग्रिट्स’को औपचारिक शुभारम्भ गरेका थिए ।
हाल यो एप्लिकेसनमा ३० बढि सेलिब्रेटीहरू जोडिएको र भोलिको दिनमा अन्य सेलिब्रेटीहरूलाई पनि कनेक्ट गराउँदै लैजाने ‘सेलेब्स ग्रिट्स’का सिइओ इन्जिनियर समुल खड्काले बताए । ‘सेलेब्स ग्रिट्स’को टिममा खड्कासँगै इन्जिनियर प्रशान्त खड्का सह निर्मातासमेत छन् भने बोर्ड अफ डिरेक्टरमा इन्जिनियर तपेन्द्र बहादुर खड्का छन् ।
यो एप्लिकेशनसँग आवद्ध सेलिब्रेटीहरूबाट न्युनतम शुल्कमा फ्यान तथा शुभचिन्तकहरूले आफुले चाहेको सन्देश प्राप्तिको लागी अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीहरूले सामाजिक कार्यको लागि खर्चिनेछन् । एप्लिकेसन तथा वेबसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई नोटिस् पठाउनेछ, त्यसपछि शभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने ‘सेलेब्स ग्रिट्स’ डटकमले जनाएको छ ।
फ्यानहरूले आइडल सेलिब्रेटीसँग आफू र आफ्नो परिवार तथा नजिकका व्यक्तिहरूको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन् । नेपालबाहिरका विभिन्न देशमा यो अभ्यास पहिलेदेखि रहेतापनि नेपालमा भने यो प्रकारको एप्लिकेसन पहिलो भनिएको छ ।
हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् । मनोरञ्जन मात्र नभई देशको अग्र पंक्तिमा आउने हरेक विधासँग सम्वन्धित सेलिब्रेटीहरूलाई आफूहरूसँग कनेक्ट गराउँदै अघि बढ्ने इन्जिनियर खड्काले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया