कला

तापसीलाई लिएर फिल्म बनाउँदै अनुराग कश्यप

इकागज |
माघ ८, २०७७ बिहीबार १३:५९ बजे

मुम्बई :  अभिनेत्री तापसी पन्नुलाई लिएर दुई वर्ष अघि ‘मनमर्जियाँ’ बनाएका अनुराग कश्यपले फेरि एक पटक तापसीसँग काम गर्ने भएका छन् । अनुराग अहिले फिल्मको लोकेसन हेर्न तापसीलाई लिएर गोवा पुगेका छन् । 

प्रेमकथा विधामा बनेको ‘मनमर्जियाँ’ले व्यवसायिक सफलता हात नपारे पनि धेरैले यो फिल्म मन पराएका थिए । तर, अब बन्न लागेको फिल्म भने प्रेमकथा नभइ ‘साइफाइ’ हुनेछ । महामारी अघि यो फिल्मको सुटिङ थाइल्यान्ड र मरिससमा गर्ने योजना थियो तर महामारीपछि अनुरागले यो फिल्मको सुटिङ गोवामा गर्ने योजना बनाएका छन् । 


तापसी अहिले गोवामा नै ‘लुप लपेटा’को सुटिङ गरिरहेकी छिन् । तापसी गोवामा नै भएको मौका पारेर अनुराग लोकेसन रेकी गर्न गोवा पुगेका छन् । 
अनुराग  हालसालै अनिल कपुरसँग ‘एके भर्सेज एके’ फिल्ममा देखिएका थिए भने तापसीले पनि ‘रश्मि रकेट’को सुटिङ सकाएकी थिइन् । ‘मनमर्जियाँ’मा अभिषेक बच्चन र विकी कौशलको अभिनय थियो । नयाँ फिल्ममा भने पुरुष कलाकार को रहने टुंगो लागेको छैन । 


Author

थप समाचार
x