कला

फेरि सर्यो जेम्स बन्डको ‘नो टाइम टु डाई’

इकागज |
माघ ९, २०७७ शुक्रबार ११:१९ बजे

लसएन्जल्स :  जेम्स बन्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति फेरि एक पटक पछि धकेलिएको छ । अघिल्लो साल नै प्रदर्शनमा आउन ठिक्क परेको फिल्म कोरोना महामारीका कारण निर्धारित मितिमा प्रदर्शन हुन सकेको थिए । 

जेम्स बन्डको रुपमा डेनियल क्रेगको यो अन्तिम फिल्म गत सालको अप्रिलमा नै प्रदर्शन हुनु पर्ने थियो । तर, मार्चदेखि नै कोरोना महामारी विश्व भ्रमणमा निस्किएपछि निर्माताले यो फिल्मको प्रदर्शन सारेर नोभेम्बरमा पु¥याएका थिए । तर, कोरोनाको प्रभाव मत्थर नभएपछि फेरि यो फिल्म सन् २०२१ को अप्रिल २ मा रिलिज हुने गरी सरेको थियो ।


तर, निर्माताले यो मितिमा पनि फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेनन् । अन्ततः यो फिल्म यहाँबाट पनि सरेर यो वर्षको अक्टोबर ८ मा पुगेको छ ।  गत १० महिनामा फिल्मको प्रदर्शन तीन पटक सरेको हो । ‘नो टाइम टु डाई’लाई विश्वभरका हल सञ्चालकले सञ्जिवनी बुटी मानिरहेको चलचित्र हो ।

यो फिल्म लाग्दा मात्र आफूहरूको भविष्य सुनिश्चित हुन सक्ने हलले बताउँदै आएका छन् । यही जब एक समय यो ओटीटीमा रिलिज हुने कुरा आएको थियो, बेलायत तथा अमेरिकाका हलले आफूहरू हल बन्द गरेर अरु नै व्यवसाय गर्ने धम्की दिएका थिए । 


Author

थप समाचार
x