कला

निर्मलको  'अचेल मायाको'

इकागज |
माघ ९, २०७७ शुक्रबार १५:४० बजे

काठमाडौं : गायक निर्मल दाहालको नयाँ  गीत 'अचेल मायाको' भिडियो सार्वजनिक भएको छ । रंगकर्मी  सन्दिप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक  नबिन के भट्टराईको संगीत संयोजन रहेको छ ।  गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ ।

राजिब थापा र मिलन तामांग ले खिचेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् । गीतको भिडियोको निर्देशन मन्दिप बखुंचे ले गरेका हुन् ।   गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुबमार्फत हेर्न सकिन्छ भने संसार भरका  स्ट्रिमिंग प्लेटफर्महरूबाट पनि सुन्न सकिने जानकारी गायकले दिएका छन् ।


 



Author

थप समाचार
x