कला

मराठा मन्दिरमा २५ वर्षदेखि चलिरहेको छ ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’

इकागज |
माघ १४, २०७७ बुधबार १७:८ बजे

मुम्बई : मुम्बईको मराठा मन्दिरमा ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ २५ वर्षदेखि चलिरहेको छ । सन् १९९५ मा रिलिज भएको यो फिल्म त्यसयता हरेक दिन ११.३० मा मराठा मन्दिरमा लागिरहेको छ । तर, रोचक कुरा के छ भने यो फिल्म महामारीपछि पनि मराठामा हेरिने एक मात्र फिल्म बनेको छ ।

यसका हल म्यानेजर मनोज देसाइले आज पनि यो फिल्म हेर्न दिनहुँ २÷३ सय दर्शक आउने गरेको बताएका छन् । जबकि महामारीपछि रिलिज भएका अरु फिल्म दर्शक नभएका कारण चलेका छैनन् । हलमा दर्शक क्षमता ११ सय रहेको पनि देसाइले बताएका छन् । 


‘हामीले नोभेम्बरमा सरकारले हल खोल्ने अनुमति दिएसँगै यो फिल्म प्रदर्शन चलाउन थालेका थियौं । अरु फिल्ममा दर्शक नभए पनि यो फिल्म दिनुहँ दुईतीन सय दर्शक छन्,’ उनले भनेका छन्, ‘ हाम्रो अब यो सो मात्र चल्ने गरेको छ ।’ उनले ‘मास्टर’ रिलिज भएपछि केही दर्शक थपिएको भए पनि धेरै फिल्मको अवस्था नाजुक रहेको बताएका छन् । 

चाख लाग्दो कुरा मराठा मन्दिरले यो फिल्मको टिकट दर पनि बढाएको छैन । उसबेला यो फिल्म रिलिज हुँदा दर्शकले बाल्कोनीका लागि ३० रुपैंया, ड्रेस सर्कलका लागि २५ रुपैंया र स्टलका लागि २० रुपैंया तिर्नुपथ्र्यो । हलले अहिले पनि त्यही पैसामा दर्शकलाई फिल्म देखाइरहेको छ । यो फिल्मले गत अक्टोबरमा मात्र  प्रदर्शनको २५ वर्ष पूरा गरेको थियो । तर, महामारीका कारण कुनै समारोह भने आयोजना गरिएको थिएन । 


Author

थप समाचार
x