कला

स्विडिस नर्सले जितिन् हप्ताभरि नै फिल्म कार्यक्रम

इकागज |
माघ १८, २०७७ आइतबार १४:४५ बजे

युरोप :  स्विडेनकी नर्स लिजा इनरोथले विश्वभरिका १२ हजार प्रतियोगीलाई पछि पार्दै ६० वटा फिल्म हेर्ने कार्यक्रममा विजेता बनेकी छिन् । कोरोना भाइरस महामारीको समयमा कोभिड १९को वार्डमा काम गरेकी उनले हप्तादिन भरी नयाँ दुनियाँको आनन्द लिने बताइन् ।   

स्विडेनको गोटेबोर्ग फिल्म फेस्टिभलले यो साल  फिल्म देखाउने कार्यक्रम अनलाइनमा मात्र सिमित गरेको थियो । तर पनि आयोजकले एक जना फ्यानका लागि सम्पूर्ण सिनेमा हलमै हेर्न पाउने कार्यक्रमको घोषणा गरेको थियो । लिजा यही कार्यक्रमकी विजेता बनेकी छिन् । 


विजेता बनेसँगै लिजाले हामनेस्कर आइल्यान्डमा रहेको पाटेर लाइट हाउसमा एक्लै एक हप्ता बिताउनेछिन् । एक हप्तासम्म लिजा फोन, कम्प्युटर, किताब र मनोरञ्जनका अरु कुनै साधनविना एक्लै फिल्म हेरेर बस्नेछिन् ।  लिजा शनिबार नै आइल्यान्ड पुगिसकेकी छिन् । 

गोटेबोर्ग फिल्म फेस्टिभल हरेक साल जनवरीको अन्त्यमा सुरु भएर फेब्रुअरीमा सकिन्छ । सामान्यतया यो फेस्टिभल १० दिनसम्म चल्ने गरेको छ । 
फेस्टिभल निर्देशकले लिजालाई छनोट गर्नमा कोभिड १९ को हिरोहरूको सम्मानको अभिप्राय रहेको पनि बताएका छन् । 
 


Author

थप समाचार
x