कला

ओस्कारको छात्रवृत्ति घोषणा , विद्यार्थीसँगै मिडिया र फिल्ममेकरलाई पनि छात्रवृत्ति

इकागज |
माघ १९, २०७७ सोमबार १३:५९ बजे

काठमाडौं :  नेपालको ओस्कार कलेजले यो साल २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको छ ।  कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहाने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ ।

जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने  बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ । 
ओस्कार कलेजले जनाए अनुसार ‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । यसैगरि   ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा  ५० प्रतिशत छुट पाउनेछन् । 


कलेजले ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ले आफूहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वासका साथ यस्तो छात्रवृत्तिको घोषणा गरेको जनाएको छ । ओस्कार कलेजमा  पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ । 

आजभन्दा १६ वर्ष अघि स्थापना भएको ओस्कार कलेज फिल्म पढाउने नेपालको पहिलो कलेज हो । यसले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा विभिन्न गतिविधि गर्नुका साथै स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ । 


Author

थप समाचार
x