कला

सन्डान्समा ‘कोडा’लाई ४ अवार्ड

इकागज |
माघ २१, २०७७ बुधबार १६:१३ बजे

लसएन्जल्स  : बुधबार अमेरिकामा सम्पन्न सन्डान्स फिल्म फेस्टिभलमा सियान हेडर निर्देशित ‘कोडा’ले ४ अवार्ड जितेको छ । सन्डान्सको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड जुरी अवार्ड जितेको फिल्मले ‘ड्रामाटिक कम्पिटीसन अवार्ड’, र ‘अडियन्स अवार्ड’ र निर्देशनमा पनि अवार्ड जितेको थियो । फिल्मले बहिरा आमा छोरीको कथा पेस गर्छ । ‘कोडा’ अमेरिकन ड्रामाटीक विधातर्फ फेस्टिभलमा सहभागी थियो । 

डकुमेन्ट्री तर्फको अडियसन्स भने अवार्ड भारतीय फिल्म ‘राइटीङ वीद फायर’ले जित्यो । दलित महिलाले चलाएको पत्रिकाको संघर्षको कथा पेस गर्ने फिल्मलाई सन्डान्सका निर्णायकले उत्कृष्ट मानेका थिए । यही विधाको ग्रान्ड जुरी पुरस्कार भने ‘फ्ली’ भन्ने फिल्मले पाएको थियो । 


भर्चुअल रुपमा जनवरी २८ बाट सुरु भएर फ्रेब्रुअरी ३ सम्म चलेको फेस्टिभलमा सर्ट फिल्म तर्फ भने ‘लिजार्ड’ विजेता बनेको थियो । अमेरिकन र विश्व सिनेमा गरी दुई भागमा बाँडेर प्रस्तुत गरिने अवार्डको प्रचलन अनुरुप विश्व सिनेमा तर्फको ड्रामाटीक विधामा भने ‘हाइभ’को वर्चस्व रह्यो । यो फिल्मले ग्रान्ड जुरी, निर्देशन र अडियन्स च्वाइस गरी ३ विधामा अवार्ड हात पार्यो । 

फेस्टिभल अवधिभर ७२ वटा फिचर फिल्म प्रदर्शन भएका थिए भने यही अवधिभर ५० वटा लघु फिल्म प्रदर्शन गरिएको थियो । ४ वटा इन्डी सिरिजसँगै महोत्सवभर नयाँ निर्देशकका १४ वटा फिल्म देखाइएको थियो । 


Author

थप समाचार
x