कला

सलमान–आमिर देखि टाइगर– श्रद्धासम्म जो थिए सहपाठी

इकागज |
माघ २३, २०७७ शुक्रबार १४:२५ बजे

मुम्बई : सलमान खान र आमिर खानबीचको मित्रताको कथा हरकोहीलाई थाहा छ । केही वर्ष पहिले जब सलमान र शाहरुख खानको बीच झगडा परेको थियो आमिरले सलमानको पक्ष लिएका थिए । कतिसम्म भने उनले आफ्नो कुकुरको नाम नै शाहरुख राखेर उनको इन्सल्ट गरेका थिए ।

तर, यो मित्रता हालसालको भने हैन, बच्चैदेखिको हो । आजसम्म जम्मा एउटा फिल्म (अन्दाज अपना अपना)मा काम गरेका आमिर र सलमानसँगै पढेका हुन् । आमिरले एक अन्तर्वार्तामा बताए अनुसार मुम्बईको सेन्ट एनीमा दुवैले सँगै दोस्रो कक्षा पढेका थिए । 


‘बागी’ र ‘बागी ३’मा एक अर्काको प्रेमीको रुपमा देखिएका टाइगर श्राफ र श्रद्धा कपुर पनि सहपाठी हुन् । दुवैले जमानाबाई नार्सी स्कुलमा पढेका हुन् । खासमा श्रद्धा कपुर टाइगरभन्दा तीन ब्याच सिनियर हुन् तर फेल हुँदाहुँदा टाइगरसँगै पढ्न पुगेकी हुन् । 

नेपाली मुलका डेनी डेङजोपा अमिताभ बच्चनका निकट  मित्र मानिन्छन् । तर, अमिताभ हैन डेनी जया बच्चनका भने सहपाठी हुन् । दुवैले पुनास्थित ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’मा सँगै पढेका हुन् । अहिलेको पुस्ताका चर्चित हिरो वरुण धवन र अर्जुन कपुर पनि सहपाठी हुन् ।

तर, उनीहरू स्कुल कलेजका नभई अभिनय सिकाउने इन्स्टिच्युटका सहपाठी हुन् । विधिवतरुपमा लाग्नु अघि दुवैले अभिनय सिकेका थिए । ऋतिक रोशन र उदय चोपडाले ‘धुम २’मा एक अर्काको दुश्मनको रुपमा काम गरेका थिए । तर, वास्तविक जीवनमा दुवै साथी मात्र होइन सहपाठी पनि हुन् ।

दुवैले बम्बई स्कटीस कलेजमा ४ कक्षादेखि पछिसम्म सँगै पढेका थिए । ट्विंकल खन्ना र करण जौहर सामाजिक सञ्जालमा एकअर्कालाई खुबै घोचपेच गर्छन् । तर, यसको पछाडि पनि मित्रताको लामो इतिहास छ । करण र ट्विंकलले एकै बोर्डिङ स्कुलमा पढेका थिए । 
 


Author

थप समाचार
x