कला

पहिलो महिला जेम्स बोन्ड बन्ने प्रियंकाको रहर

इकागज |
माघ २९, २०७७ बिहीबार १६:५९ बजे

मुम्बई  : जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’को प्रदर्शन मिति तीन चोटि सरिसकेको छ । अब फिल्म यो वर्षको अन्त्यतिर मात्र रिलिज हुँदैछ । यो फिल्मसँगै जेम्स बन्डको रुपमा काम गरिरहेका डेनियल क्रेगले सिरिजबाट बिदा लिने घोषणा गरिसकेका छन् ।

उनको यो घोषणासँगै नयाँ जेम्स बन्डको खोजी सुरु भएको छ । थरिथरिका नाम चर्चामा आउने गरेका छन् । तर, चर्चाकै भिडमा अबको जेम्स बन्ड महिला बनाउनु पर्ने माग उठेको छ र यसका लागि थुप्रै नाम अगाडि आएका छन् । यसैबीच प्रियंका चोपडाले पनि आफ्नो दाबेदारी सार्वजनिक गरेकी छिन् । 


भर्खरै ‘अनफिनिस्ड’शीर्षकको जीवनी प्रकाशित गरेकी प्रियंकाले यही पुस्तकको प्रवद्र्धनका क्रममा आफू पहिलो महिला जेम्स बन्ड आतुर रहेको बताएकी छिन् । ‘ मैले पहिला पनि भनेकी छु, जेम्स बन्ड मेरो मनपर्ने सिरिज हो । यदि यसका लागि निर्माताले मलाई योग्य ठाने भनेँ अवश्य गर्नेछु,’ उनले भनेकी छिन् ।  प्रियंकाले भर्खरै लन्डनमा नै ‘टेक्स्ट फर यु’ फिल्मको सुटिङ सकाएकी थिइन् । 


Author

थप समाचार
x