कला

श्वेता भन्छिन्– माझी बस्ती बनाउन उठाएको रकम दुरुपयोग गरेको प्रमाणित भए कालो मोसो दलेर बस्ती घुम्छु

इकागज |
माघ ३०, २०७७ शुक्रबार १७:२८ बजे

काठमाडौं  : अभिनेत्री श्वेता खड्काले माझी बस्ती निर्माणबाट पछि हटेको भन्ने समाचार गलत भएको र जीवनका अन्तिम दिनसम्म पनि माझी बस्ती आफ्नो मस्तिष्कबाट पछि नहट्ने बताएकी छिन् । केही दिन यता माझी बस्तीका सम्बन्धमा आएका समाचारको एकमुष्ट खण्डन गर्दै उनले आफ्नो समाधि पनि माझी बस्ती नजिकको इन्द्रावती बगरमा गरियोस् भन्ने चाहाना व्यक्त गरेकी छिन् ।

‘ बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनि कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन ।


‘माझी टोलबाट हात झिकी’ भन्नेहरूलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।  मेरो अन्तिम इच्छा ‘म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्येष्टि त्यहीं गरिओस् ।’

अभिनेत्री सुष्मा कार्कीसँग काठमाडौंको रात्रिक्लबमा झगडा परेपछि श्वेताको समाजसेवालाई प्रश्न उठेको थियो । यही क्रममा उनले माझी बस्ती बनाउन पैसा नपुगेको स्ट्याटस लेखेपछि धेरैले उनको भड्किलो विवाहप्रति प्रश्न उठाएका थिए । यही क्रममा माझी बस्ती निर्माणमा उनको थोरै मात्र भूमिका रहेको प्रत्यक्षदर्शीले बताए पछि श्वेतामाथि माझी बस्नी निर्माणमा उठेको रकमका सम्बन्धमा प्रश्न खडा भएका थिए । 

श्वेताले लामो स्ट्याटसमा सरकारी अनुदान लिने परिवारले अन्य दाताबाट सहयोग लिन नपाइने सरकारी नियम भएकै कारण आफूहरूले प्राविधिक सहयोग मात्र गरेको बताएकी छिन् । योसँगै उनले दाताबाट आएको रकम आफूले नभई उपभोक्ता समितिको खाताबाट खर्च भएको पनि दाबी गरेकी छिन् । 

उनले रकम उठाएर खाएको भन्ने प्रतिक्रियाको प्रेसमिट गरेरै स्पष्टिकरण दिने जानकारी दिँदै रकम दुरुपयोग गरेको प्रमाणित भए कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्ने बताएकी छिन् । उनले लेखेकी छिन् ,‘ मैले श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रिया पनि देखेको छु ।

तर जस्ले मलाई फाउन्डेसनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर  माझी बस्ती परिक्रमा गर्न तयार छु । मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनैछु ।’  

याे पनि :


Author

थप समाचार
x