‘तिम्रो मेरो साथ’को छायांकन सकियो, नेपाल अघि अमेरिका, बेलायत र अष्ट्रेलियामा प्रदर्शन हुने
पाेखरा : चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरेर चलचित्रको छायांकन सकिएको घोषणा गरिएको हो । ३३ सुटिङ भएको फिल्मको अधिकांश सुटिङ काठमाडौंमा भएको थियो भने १ हप्ता पोखरामा छायांकन गरिएको थियो ।
चलचित्रको छायांकन इन्ड क्ल्याप घोषणा कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक तथा गीतकार रमेश एम.के पौडेलले चलचित्रको छायांकन अबधिभर साथ र समर्थन गर्नु हुने सबैमा आभार प्रकट गरे ‘ सुन्दर सहर पोखराबाट चलचित्रको छायांकन सकिएको घोषणा गर्न पाएकोमा हामी दंग छौ । सबैमा धन्यवाद,’ उनले अगाडि भने ‘यस्तै साथ र समर्थन आगामी दिनमा पनि पाउने आशा र बिश्वासमा छौं ।’
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रका नायक पुष्प खड्काले चलचित्र राम्रो बनेको दाबी गर्न सकिने अवस्था रहेको कुरा बताए । उनले चलचित्र ‘तिम्रो मेरो साथ सबै बर्ग, तह र तप्काका दर्शकहरूको रूचिलाई ध्यानमा राखेर निर्माण गरिएको जानकारी दिए भने कलाकार सन्दिप क्षेत्रीले यो चलचित्रले आफ्नो कलाकारिता को यात्रामा नयाँ फड्को मार्ने दाबी गरे ।
कार्यक्रममा चलचित्रका लेखक तथा कार्यकारी निर्माता सबिर श्रेष्ठ, छायांकार शिब ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि चलचित्रको बारेमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुणले समग्र नेपाली चलचित्र क्षेत्र अब नयाँ सोच र शैलीका साथ अगाडि बढ्नु पर्ने तर्फ जोड दिए । चलचित्रमा करिब दुई करोडको हाराहारीमा लगानी रहेको बताइएको छ ।
यो चलचित्र नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ भने नेपालमा दसँै र तिहारको बिचको समयमा रिलिज गरिने भएको छ । बोधी एच डि र आर्यन फिल्मसको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का , साम्राज्ञी आर एल शाह , सरोज खनाल , सन्दिप क्षेत्री र खगेश्वर पुन मगर ( खबपू ) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया