कला

ब्रिटनी र जेनेटसँग टिम्बरलेकले मागे माफी

इकागज |
फागुन १, २०७७ शनिबार १७:३७ बजे

लसएन्जल्स :  १७ वर्ष अघिका दुई घटनाका लागि गायक तथा अभिनेता जस्टिन टिम्बरलेकले यतिबेला माफी मागेका छन् । शनिबार इन्स्टामा लामो स्ट्याटस पोस्ट गर्दै उनले पूर्व प्रेमिका ब्रिटनी स्पेयर्स र गायिका जेनेट ज्याक्सनसँग माफी मागेका हुन् । 

ब्रिट्नीसँग अफेयरमा रहँदा जस्टिनले उनलाई सही व्यवहार नगरेको र सन् २००४ को सुपरबउलको प्रस्तुतिको दौरान जेनेटको वस्त्र जानाजान तानिदिएको आरोप छ । ‘ म ब्रिटनी स्पेयर्स र जेनेट ज्याक्सनसँग माफी माग्न चाहान्छु । म उनीहरूको ख्याल राख्छु र सम्मान गर्छु तर म एउटा समयमा मैले त्यसो गर्न सकिँन,’ जस्टिनले लामो इन्स्टा पोस्टमा लेखेका छन् ।


 जस्टिन र ब्रिटनीले टिनेजका दिनमा एक अर्कालाई डेट गरेका थिए । तर, ब्रेकअप पछि भने जस्टिनले सार्वजनिक रुपमै ब्रिटनीसँग सुतेको र उनले अफेयरमा रहँदा नै अर्को मान्छेसँग सुतेर धोका दिएको आरोप लगाएका थिए । यतिले नपुगेर जस्टिनले सन् २००२ मा ब्रिटनी जस्तै देखिने केटी राखेर ‘क्राई मी अ रिभर’ गीतमा ब्रिटनीलाई धोखेबाज प्रमाणित गर्ने कोशिस गरेका थिए । 

‘फ्रेमिङ ब्रिटनी स्पेयर्स’ शीर्षकको डकुमेन्ट्री सार्वजनिक भएसँगै जस्टिनले ब्रिटनीमाथि गरेको व्यवहार चर्चामा आएको हो । सन् २००८ देखि सुरु भएको  कन्जरभेटोरीलाई केन्द्रमा राखेर बनाइएको डकुमेन्ट्रीमा मिडिया र अरुले कसरी ब्रिटनीलाई ‘सेक्सी’ वस्तुको रुपमा चित्रित गरे भन्ने देखाइएको छ ।  जेनेटलाई भने जस्टिनले स्टेजमा नै लुगा तानिदिएर मर्नु पारेका थिए ।

सपरबउलको प्रस्तुतिको दौरान जस्टिनले लुगाबाट जेनेटको नितम्ब देखाइदिएका थिए । जस्टिन र जेनेटले सल्लाहमै यो सब गरेका थिए कि अचानक भएको थियो, अनुसन्धानपछि पनि खुलेको थिएन । तर, यो घटना पछि जहाँ जस्टिनले स्टारडमको यात्रा समातेका थिए भने जेनेटको सांगीतिक करिअर भने ध्वस्त भएको थियो ।   
 


Author

थप समाचार
x