कला

करिष्मा सदाबहार नायिका कि महानायिका ?

इकागज |
फागुन २, २०७७ आइतबार १२:२८ बजे

काठमाडौं :  उपाधि आफैंमा विभेदकारी व्यवस्था हो । एउटालाई महान भन्दा यसले अर्कोले गरिरहेको उत्तिकै योगदानलाई अवमूल्यन गरिरहेको हुन्छ । तर, नेपालमा न दिनेलाई यसको हेक्का छ न लिनेलाई । अझ नेपालका फिल्म कलाकारको कुरा गर्ने हो भने त उनीहरू कार्यक्रमैपिच्छे नयाँ नयाँ उपाधि लिन्छन् । 

उपाधिको यस्तै खेलाँचीको ताजा उदाहरण बनेकी छिन् अभिनेत्री करिष्मा मानन्धर । गत शनिबार करिष्मा मानन्धरलाई एउटा कुनै संस्थाले अचानक ‘महानायिका’को पदवी थियो । महानायकको पदवी धारण गरेको अभिनेता राजेश हमालले महानायिका लेखिएको ‘स्यासे’ करिष्मालाई पहिराउँदै महानायिकाको कमी पूरा गरिदिए । 


शनिबार प्राविधिकहरूको संस्थाले गर्न लागेको नेफ्टाले १० औं संस्करणको मनोनयन सार्वजनिक कार्यक्रम थियो । कार्यक्रम चलाइरहेका दयाराम पाण्डेले करिष्मालाई नेफ्टाले सदाबहार नायिकाको उपाधि दिएको स्मरण गराउँदै सोही सम्बोधनका साथ मञ्चमा बोलाए । करिष्मा नीर शाह, भुवन केसी, विश्वप्रकाश शर्मा, कृष्ण मल्ल आदिसँगै मञ्चमा बसिन् । 

तर, यो प्रसंगले करिष्मालाई अप्ठेरो लाग्यो कि लागेन कुन्नी ? सोल्टी होटलको प्रेक्षालयमा बसेको धेरै दर्शकलाई भने सकसक लाग्यो । किनकि नेफ्टाबाट सदाबहार नायिकाको उपाधि पाइसकेकी करिष्माले भर्खरै महानायिकाको उपाधि ग्रहण गरेकी थिइन् । सार्वजनिक समारोहमा उनलाई सदाबहादर नायिकाको रुपमा सम्बोधन गरिँदै आएको सुनिएको हो ।

तर, यतिले नपुगेर महानायिकाको उपाधि पनि थपिएको छ । फेरि यस्ता समारोहमा करिष्मालाई सम्बोधन गर्नेलाई पो सकस पर्नेभो, उनलाई सदाबहार नायिका भन्ने कि महानायिका ? 


Author

थप समाचार
x