कला

तुयुकाजी ताम्राकारकाे कविता संग्रह लाेकार्पित

इकागज |
फागुन २, २०७७ आइतबार १२:५० बजे

काठमाडौं : अक्षरमार्गकाे प्रकाशकत्वमा प्रकाशित तुयुकाजी ताम्राकारकाे छैठौं कृति 'लुकेकाे क्षितिज' (कविता संग्रह) एक समारोहबीच पनाैतीमा लाेकार्पित भयो । उक्त लाेकार्पण कार्यक्रममा जनमत वाङ्गमय प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार माेहन दुवाल, अक्षरमार्गका अध्यक्ष सूर्य प्रसाद लाकाेजू, स्रष्टा तुयुकाजी ताम्राकार, वरिष्ठ लाेकगायक मच्छेश्वर सापकोटा र लक्ष्मण सापकोटाले आ-आफ्नो मन्तव्य राखेका थिए  ।

प्रकाशित कृति माथि पनाैती साहित्य समाजका अध्यबक्ष रामसुन्दर देउजाले बाेलेका थिए  भने कार्यक्रम संचालन काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले गरेका थिए  । ध्रुबकृष्ण ताम्राकारले कृतिमा समेटिएका केही कविता वाचन गरेका थिए  । यस अघि  तुयुकाजी ताम्राकारले प्राचीन कथा संग्रह, नियात्रा संग्रहका साथै कविता संग्रह प्रकाशन गरिसकेका  छन् । 
 



Author

थप समाचार
x