शिखाका सात पुस्तक बजारमा
शिखा बुक्सले विजया दशमीको अवसर पारेर विभिन्न विधाका सात पुस्तक बजारमा ल्याएको छ । शिखाले भर्खरै मदन पुरस्कार प्राप्त कृति ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँको अर्को कृति ‘भौज्याहा’ पुरूषोत्तम बस्नेतको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’, डा बद्री नारायण गौतमको ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’, डा शोभाकर पराजुलीको ‘समाजबाद र बी.पी. कोइराला’ र साहित्यकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘हिमाल शेर्पा र यती’ नामक कृति बजारमा ल्याएको हो ।
प्रकाशन गृहले केही समयअघि मात्र टंक चौलागाईंको आख्यान कृति ‘उबडखाबड’र शान्ति शर्माको कथासंग्रह ‘ग्रीन टावेल’ सार्वजनिक गरेको थियो । ‘फरक साहित्यिक रंग र स्वादका यी सात पुस्तकले पाठकलाई पुस्तक-इन्द्रेणीको महसुस गराउनेमा ढुक्क छौँ ’ शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले भने ‘पाठकबाट सकारात्मक प्रतिक्रिया पनि आउन थालिसकेका छन् । हामी निकै उत्साहित छौँ ।’
यससँगै केही दिनमा नै वरिष्ठ गीतकार स्व. रत्नशमशेर थापा को ‘घुम्तीमा नआऊ है’ र वरिष्ठ साहित्यकार पुस्कर लोहनीको उपन्यास ‘अदृश्य मान्छे’का साथमा प्रमोद प्रधानको अनुसन्धनात्मक कृति ‘बालसाहित्यको इतिहास’ प्रेसमा जाने अन्तिम तयारीमा रहेका पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया